ग्रहचक्रमा शनिले गर्दै यस्तो ठूलो परिवर्तन, यी ४ राशिको जीवन हुनेछ कायापलट !

ज्योतिषशास्त्रमा कुनै पनि ग्रहको अस्त अशुभ मानिन्छ तर अस्त ग्रहहरूले कहिलेकाहीँ केही राशिहरूलाई शुभ फल दिन्छन्। २४ जनवरीमा शनि ग्रह अस्ताउँदै छन् र ३४ दिनसम्म अस्त अवस्थामा रहनेछ। शनिको यो स्थिति ४ राशीका व्यक्तिका लागि निकै शुभ रहनेछ। कुन-कुन हुन् त यी ४ राशि ? जान्नुहोस्….

शनि अस्त हुँदा सूर्यले शनिको शक्ति खोस्छ भने शनिले सूर्य देवतालाई पनि हानि गर्नेछ। यस्तो अवस्थामा शनि र सूर्यसँग सम्बन्धित राशिहरूमा धेरै प्रभाव पर्नेछ।

कर्कट राशि 

कर्कट राशिका लागि यो ३४ दिनको समय निकै शुभ रहनेछ। यस अवधिमा आफ्नो परिवारसँग अधिकतम समय बिताउने प्रयास गर्नुहोस्। यदि तपाईं चाहनुहुन्छ भने, तपाईं परिवारका सदस्यहरू मिलेर घर सजाउने काम सुरु गर्न सक्नुहुन्छ। यस समयमा आफ्नो दिमाग र शरीर दुबै रिचार्ज गर्ने प्रयास गर्नुहोस्।

वृश्चिक राशि 

परिस्थितिका कारण टाढा भएका प्रियजनहरूसँग नजिक हुने अवसर मिल्नेछ। यो समयमा तपाईंको आर्थिक स्थितिमा सुधार हुनेछ र धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ। वरिष्ठको शक्तिले केही काम मिल्नेछ, जसको सदुपयोग गर्दै कार्यक्षेत्रमा लाभ मिल्नेछ।

मकर राशि 

मकर राशिका व्यक्तिलाई लाभ मिल्नेछ। यस समयमा शनिको कमजोरीले गर्दा रोकिएका कामले पुनः गति लिन सक्छन्। केही वर्षदेखि चलिरहेको मानसिक समस्याबाट पनि राहत मिल्नेछ। यस अवधिमा चन्द्रमा देवताको ध्यान गरेपछि आमाजस्तै नारीलाई १ किलो चामल दान गरी सुख समृद्धिको कामना गर्नुहोस्। यसले ठूलो फाइदा हुनेछ।

मीन राशि 

सूर्य र शनिको यो युद्धमा यस राशिका मानिसलाई विशेष लाभ मिल्नेछ। स्वास्थ्य सुधार सुरु हुनेछ। पुरानो रोगबाट मुक्ति मिल्नेछ। यो समयमा आफ्नो आत्मविश्वासलाई कम गर्न दिनुभएन भने, तपाईंले कार्यक्षेत्रमा ठूलो सफलता हासिल गर्न सक्नुहुन्छ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१६:३२

अबको २ दिनपछि यी ३ राशिको भाग्य नै बदलिनेछ, सफलताको उचाईमा पुग्नेछन् !