वर्षको पहिलो एल-क्लासिको आज: मिडफिल्ड मास्टर-माइन्डको युद्ध, कसले मार्ला बाजी ?

एजेन्सी – स्पेनिस सुपर कपको पहिलो सेमिफाइनलमा आज (बुधबार) राति सिजनको दोस्रो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल साउदी अरवको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । यो खेल दुवै टोलीको लागि निकै विशेष हुनेछ ।

बार्सिलोनाको डगआउटमा मिडफिल्डरको मास्टर माइन्ड जाभी हर्नान्डेज तथा रियलको मैदानमा लुका मोड्रिच, क्यासमिरो र टोनी क्रुसको विश्व फुटबलको उत्कृष्ट मिडफिल्ड ट्रिओ रहनेछ । यि तीनैजनाले ठुलो सफलताको लागि धेरै वर्षसँगै खेल्दै थुप्रै उपाधि जितेका छन् । तर यिनीहरुले पहिलोपटक अर्काे मिडफिल्डर मास्टर जाभी हर्नान्डेजको सामना गर्दैछन् ।

यसर्थ साउदी अरबको रियादमा मिडफिल्डर मास्टर माइन्डको ‘ब्याटल’ हुनेछ । जाभी आँफै आन्द्रेस इनिस्टा र सर्जियो बुस्क्वेट्ससँगै फुटबलको उत्कृष्ट मिडफिल्ड ट्रिओको हिस्सार थिए । जसले एक पुस्ताको लागि सबै जितेका थिए ।

बुस्क्वेट्सले अझैपनि युवा खेलाडीसँगै क्याटलानको मिडफिल्ड सम्हालिरहेका छन् । अब बुस्क्वेट्सको साथमा प्रशिक्षक जाभी डगआउटमा हुनेछन् । जाभीले विरलै रियलको ट्रिओविरुद्ध खेले । तर, बुधबार रातिको खेल एक चाख लाग्दो ब्याटल नै हुनेछ ।

स्पेनिस जाभीले बार्सिलोनामा खेलाडीको रुपमा रहँदा रियल म्याड्रिविरुद्ध ४२ खेल खेले । जसमा १७ जित, १२ बराबरी र १३ हारको नतिजा छ ।

रियल म्याड्रिडले सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई उसकै मैदानमा २–१ को जित निकाल्न सफल भएको थियो । बार्सिलोना आफ्नो प्रतिद्धन्द्धीबारे राम्रोसँग जानकार छ । बार्सिलोनाले जाभीलाई नियुक्त गर्न रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो ।

प्रकाशित : बुधबार, पुष २८, २०७८१६:५४

बार्सिलोना भर्सेस रियल म्याड्रिड: के छ जाभीको इतिहाँस ? जित निकाल्न सक्लान् ?