अन्ततः छुट्टिए मलाइका र रजुन, पिडा सहन नसकेपछि मलाइका उठाइन् यस्तो कदम !

एजेन्सी – गएको केहि वर्ष देखि सम्बन्धमा रहेका बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडाको ब्रेकअप भएको छ। भारतीय संचार माध्यमहरुले गरेको दावी अनुसार यी दुई बीच हालसालै ब्रेकअप भएको हो। सार्वजनिक रुपमै प्रेम सम्बन्धलाई स्विकार गरिसकेका यी दुई बीचको सम्बन्धमा दरार आएको दावी गरिन्छ।

सम्बन्धमा दरार आएपछि मलाइका कयौं दिन देखि घरबाट ननिस्किएको भारतीय मिडियाहरु बताउँछन्। खबरका अनुसार मलाइका ६ दिन देखि आइसोलेसनमा रहेकी छन्। मलाइका र अर्जुनले अलग-अलग हुने निर्णय गरिसकेका छन्। सो निर्णय पश्चात मलाइकाले बाहिरी दुनियाबाट टाढा रहन चाहेकी छन्।

अर्जुन समेत मलाइकालाई केहि समय देखि भेट नगएको खबर आएका छन्। केहि दिन अगाडी अर्जुन आफ्नी बहिनी रिया कपूरको घर गएका थिए। । मलाइकाको घर नजिकै पर्ने रियाको घरमा जाँदा मलाइकाको घरमा भने नगएको बताइन्छ। यस अगाडी रियाको घरमा हुने धेरै जस्तो कार्यक्रममा मलाइका पनि पुग्ने गरेकी थिइन्। तर पछिल्लो डिनरको कार्यक्रममा भने उनी पुगिनन्।

सलमान खानका भाइ अरबाज खानसँग सम्बन्ध विच्छेद भएयता मलाइका अर्जुनसँग प्रेम सम्बन्धमा थिइन्। शुरुमा यी दुई विभिन्न स्थानहरुमा सँगै देखिने गरेका थिए। तर सम्बन्धलाई भने स्विकार गर्दैनथे। तर समय बित्दै जाँदा यी दुईले आफ्नो सम्बन्धलाई सार्वजनिक रुपमै स्विकार गरेका थिए।

प्रकाशित : बुधबार, पुष २८, २०७८१७:५२

सन् २०२२ मा यी स्टार्सको घरमा बज्नेछ ब्याण्ड बाजा, हुनेछ धूमधामसँग बिहे