पूर्व प्रिमियर लिग खलाडी भन्छन् – “युनाइटेडको कमजोरीको दोष रोनाल्डोलाई दिनु बेकार”

एजेन्सी – गत सिजनमा प्रिमियर लिगको उपविजेता बन्न सफल म्यानचेस्टर युनाइटेड जारी सिजनमा निकै नै कम्जोर अवस्थामा छ। जारी सिजनमा युनाइटेडले प्रिमियर लिगका १९ खेल खेल्दा मात्रै ९ खेलमा जित निकालेको छ। युनाइटेड अहिलेको अवस्थामा प्रिमियर लिगको सातौं स्थानमा छ। हालको अवस्थालाई हेर्ने हो भने युनाइटेड च्याम्पियन्स लिगका लागि छनौट हुन समेत हम्मे-हम्मे पर्ने देखिन्छ।

यसै सिजन युभेन्टसबाट आएका क्रिस्टियानो रोनाल्डोको उपस्थितिले युनाइटेले बलियो प्रदर्शन गर्ने अपेक्षा गरिएको भएपनि त्यस्तो हुन सकिरहेको छैन। रोनाल्डो युनाइटेडका लागि सक्दो राम्रो खेल्ने प्रयास त गरिरहेका छन्, तर नतिजा भने सोचे जस्तो आउन सकेको छैन। जसकारण युनाइटेडको कम्जोर प्रदर्शनको दोष रोनाल्डो माथि थोपर्न थालिएको छ।

गएको केहि समय देखि रोनाल्डो लगातार आलोचित भइरहेका छन्। रोनाल्डोका कारण युनाइटेडको सन्तुलन बिग्रिएको भनेर टिप्पणी समेत गर्न थालिएको छ। तर साउथह्याम्प्टनका पूर्व खेलाडी चार्ली अस्टिन भने यो कुरा मान्न तयार छैनन्। उनका अनुसार युनाइटेडमा रहेको समस्याको कारण रोनाल्डो होइनन्।

रोनाल्डोका कारण समस्या पैदा भइरहेको छ भन्नेहरु प्रति लक्षित गर्दै अस्टिनले रोनाल्डो नहुँदा पनि युनाइटेडले उस्तै खेलेको बताए। युनाइटेडमा देखिएको समस्याको दोष रोनाल्डो माथि लगाउने कार्य भएको प्रति उनले आपत्ति जनाए।

“युनाइटेड रोनाल्डो नहुँदा पनि कम्जोर प्रदर्शन गरिरहेको छ। तर दोष चाहिँ रोनाल्डो माथि मात्रै थोपर्ने काम भएको छ। गएको ६-७ खेल देखि युनाइटेडको प्रदर्शन उस्तै छ। रोनाल्डो हुँदा पनि नहुँदा पनि उनीहरुको ताल उस्तै छ।”,अस्टिनले भने।

अस्टिनले युनाइटेड पहिला जस्तो टोली नरहेको पनि बताए। युनाइटेडका खेलहरु हेर्न पहिला जस्तो मज्जा आउन छाडेको अस्टिनको भनाई छ। उनले भने,”युनाइटेड पहिला जस्तो रहेन। म्यान युनाइटेडसँग त्यस्तो केहि छैन, जसका लागि अन्य टोली डराउन।”

प्रकाशित : बुधबार, पुष २८, २०७८२२:२६

बार्सिलोनाको केहि लागेन, एल क्लासिकोमा बार्सिलोना फेरी पराजित !