माघे संक्रान्तिको दिन गर्नुहोस् यस्तो एक उपाय: घरमा हुनेछ लक्ष्मीको बास, हुनेछ धनको वर्षा !

माघ १ गते सूर्य देव मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिन मकर संक्रान्ति पर्व मनाइँदैछ। मकर संक्रान्तिको दिन भगवान पनि पृथ्वीमा आउने जनविश्वास रहेको छ। यो दिन स्नान, दान र पूजाका लागि धेरै शुभ मानिन्छ। ज्योतिषशास्त्रमा मकर संक्रान्तिको दिन घरको पूर्व दिशामा विशेष वस्तु राख्न सुझाव दिइएको छ जसले सूर्यदेवलाई प्रसन्न तुल्याएर घरमा शुभफल ल्याउनेछ।

घरमा राख्नुहोस यस्तो विशेष चीज 

मकर संक्रान्तिको दिन घरको पूर्व दिशामा पितलबाट बनेको सूर्यदेवको प्रतिक राख्नु निकै शुभ हुन्छ। सूर्यको प्रतीकको तल छ वा सातवटा घण्टी झुण्डीएको र ओमको ध्वनी निस्किने छ भने अझ धेरै शुभ फल प्राप्त हुन्छ। यो पनि ध्यान दिनुहोस् कि यो सूर्य प्रतीक भित्तामा किलामा नराख्नुहोस्। यो प्रतीक चिन्ह लगाउन रातो धागो प्रयोग गर्नुहोस्। यो धागोमा सूर्य चिन्ह बाँधेर घरको पूर्व दिशामा पेन्डुलम जस्तै झुण्ड्याउनुहोस्, जसले गर्दा हावा चल्दा त्यसमा रहेको घण्टीले ओमको आवाज निकालिरहोस्।

सूर्यदेवको मन्त्र जप गर्नुहोस् 

मकर संक्रान्तिमा सूर्य र भगवान विष्णुको पूजा गर्ने विधि छ। यस दिन सूर्यदेवलाई प्रसन्न पार्न सूर्यदेवको मन्त्रको जप गर्नुपर्छ। साथै यस दिन तामाको भाँडोमा जल, सखर र गुलाबको पात हालेर भगवानलाई अर्घ दिनुहोस्। सखर, तिल र मुगको दालको खिचडी खानुहोस् र गरिबलाई बाँडिदिनुहोस्। यस दिन गायत्री मन्त्रको जप गर्नु पनि निकै शुभ मानिन्छ।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१६:१९

माघे संक्रान्तिको दिन भुलेर पनि नगर्नुहोस् यस्ता ३ कार्य, पापको भोगी भइएला !