क्रिस्टियानो रोनाल्डोले आफ्ना म्यानचेस्टर युनाइटेडका साथीहरूलाई यो सिजन प्रिमियर लिगमा तेस्रो स्थान भन्दा तल रहेर सिजन अन्त्य गर्न अस्वीकार्य हुने बताएका छन् र समर्थकहरू उनको यस्तो मानसिकतालाई छक्क परेका छन्।
युनाइटेड हाल प्रिमियर लिगमा सातौं स्थानमा रहेको छ र नोभेम्बरमा क्लब लिजेन्ड ओले गुन्नार सोल्स्कजायरलाई बर्खास्त गरेको क्लबका लागि त्यसपछिको समय पनि निकै कठिन देखिएको छ। राल्फ रांगनिकलाई अन्तरिम आधारमा सोल्स्कजायरको स्थानमा नियुक्त गरिएको थियो।
यसैबीच, रोनाल्डोले स्काई स्पोर्ट्ससँगको नयाँ अन्तर्वार्तामा आफ्ना टिममेटलाई मानसिकता परिवर्तन गर्न आह्वान गरेका छन्। पाँच पटकको बालोन डी’ओर विजेताले व्याख्या गरे: “म्यानचेस्टर युनाइटेडले लिग जित्नुपर्छ वा दोस्रो वा तेस्रो हुनुपर्दछ। म्यानचेस्टर युनाइटेडको स्तरको कारण त्यो भन्दा तलको नतिजा म सोच्न पनि सक्दिन। हामी प्रिमियर लिगको टप ३ भन्दा तल समाप्त गर्ने मानसिकता हुनु हुँदैन। हामी अझ पनि परिस्थिति परिवर्तन गर्न सक्षम छौं।”
"I don't accept less than the top three."
Cristiano Ronaldo says that #MUFC should not accept anything less than a top three finish in the Premier League this season. pic.twitter.com/A54QAmHqMK
— Sky Sports News (@SkySportsNews) January 12, 2022
रोनाल्डोको यस्तो टिप्पणीमा फुटबल समर्थकहरुले प्रतिक्रिया दिएका छन् र उनीहरु विश्वास गर्छन् कि फुटबल जगतमै रोनाल्डोको जस्तो मानसिकता अरू कुनै फुटबलरको छैन। एकजनाले कमेन्ट गरे: “केही मानिसहरू सोच्छन् कि यो मानिस समस्या हो?”
अर्का एक लेख्छन्, “यो मान्छे हाम्रो कप्तान हुनुपर्छ।”
तेस्रोले लेखे, “तर मानिसहरूले सबै दोष रोनाल्डोलाई दिनेछन्, यद्यपि उनी क्लबमा एकमात्र भावुक, महत्वाकांक्षी खेलाडी हुन् जसले क्लबको मानको लागि खेल्छन्।”
रोनाल्डो यसै सिजन मात्र युभेन्टसबाट ओल्ड ट्राफोर्डमा फर्केका थिए र व्यक्तिगत रूपमा, उनले प्रदर्शन निकै उत्कृष्ट रहेको छ। ३६ वर्षिय खेलाडीले २२ खेलमा १४ गोल गरेका छन्।

