निको हुने भन्दा कोरोना संक्रमितको सङ्ख्या १३ गुणा धेरै, उपत्यकामा मात्रै झन्डै २ हजार संक्रमित !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ४१ हजार २९७ पुगेको छ भने एन्टिजेन विधिबाट ९९ हजार २२५ जनामा संक्रमण पुष्टि भएको छ।

थप १० हजार ४९८ जनाको पिसिआर परीक्षण तथा ४ हजार ५८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट २ हजार ९२२ तथा एन्टिजेनबाट ६३१  जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४९ लाख ६७ हजार ७८६ जना पुगेको छ । हालसम्म ८ लाख १५ हजार ३४७ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २७१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९६ दशमलप ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १४ हजार ३४० रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ६१०  पुगेको छ।

उपत्यकामा १९१६ संक्रमित

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १९१६ संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।

प्रकाशित : बिहिबार, पुष २९, २०७८१७:०१

अन्ततः नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक !