काठमाडौँ – कारोबार हुने साताको अन्दिम दिन आज सुनको मूल्य बढेको छ। गएको केहि दिन देखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार पनि घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ७ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
यस साता सुनको मूल्य
साताको पहिलो दिन सुनको मूल्य स्थिर रहँदा दोस्रो दिन सोमबार घटेको थियो। त्यसदिन यता सुनको मूल्य लगातार बढिरहेको छ। यस छापावाला सुन ९१ हजार ३ सय रुपैंयाँ देखि ९२ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार भयो। आज कायम भएको सुनको मूल्य पुस २१ गतेकै महँगो रहेको छ। यस हिसाबले सुन आज ९ दिनकै महँगो हो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु ५ ले बढेको छ। चाँदी आज १ हजार २ सय ६० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

