मेस्सीको खिल्ली उडाए भाल्भर्डेले, बार्सिलोनालाई नक-आउट पन्च हाने !

रियल म्याड्रिडका मिडफिल्डर फेडेरिको भाल्भर्डेले बुधबारको एल क्लासिकोमा विजयी गोल गरेपछि बार्सिलोनाका लिजेन्ड लियोनल मेस्सीको खिल्ली उडाएका छन्।

 

उरुग्वे इन्टरनेशनलले कार्लो एन्सेलोट्टीको टोलीलाई ३-२ को जीत दिलाउँदै स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गर्नको लागि उत्कृष्ट काउन्टर-आक्रमण चाललाई गोलमा परिणत गर्न सफल भए। अतिरिक्त समयमा ९८औं मिनेटमा विजयी गोल गरेपछि भाल्भर्डेले आफ्नो जर्सी खोसेर साउदी अरेबियाको रियादका दर्शकहरूलाई आफ्नो १५ नम्बर जर्सी देखाए।

बार्सिलोनाका आइकन मेस्सीले अप्रिल २०१७ मा बर्नाबेउमा रियल विरुद्ध ९२ औं मिनेटमा विजयी गोल गरेपछि यस्तै सेलिब्रेसन गरेका थिए। म्याड्रिडले अब आइतबार फाइनल खेलमा साबिक विजेता एथलेटिक बिल्बाओको सामना गर्नेछ।

च्याम्पियन्स लिगबाट बाहिर भइसकेको र ला लिगाको उपाधि दौडमा रियललाई भेट्टाउन नसक्ने स्थितिमा रहेको बार्सिलोनाका लागि यो अर्को झट्का हो। क्याटालान दिग्गजहरू हाल लालिगा तालिकाको छैटौं स्थानमा छन् – रियल भन्दा १७ अंक पछाडि – र उनीहरुको यो सिजन उपाधि जित्ने आशा अब कोपा डेल रे र युरोपा लिगमा मात्र बाँकी छ।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २५औं मिनेटमा भिनिसियसको गोलबाट रियलले अग्रता बनाएको थियो। उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए।

४१औं मिनेटमा लुक डि जोङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। औसमाने डेम्बेलेको क्रसलाई इडर मिलिसाओको कमजोर क्लिअरेन्स लुकलाई लाग्दै गोलमा परिणत भएको थियो।

७२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई २–१ को अवस्थामा अघि बढाए। फर्लान्ड मेन्डीको क्रसलाई बेन्जेमाले नियन्त्रणमा लिदै गरेको प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनले पञ्च गरेको फालेपनि ड्यानी कार्भाजलले दिएको क्रस गोलरक्षकले पुन पञ्च गरेको बललाई बेन्जेमाले वान टचमा जाली चुमाएका थिए।

८३औं मिनेटमा अन्सु फातीले जोर्डी अल्वाको पासमा गोल गर्दै खेललाई अतिरिक्त समयमा लम्ब्याए। अतिरिक्त समयको आठौं मिनेट अर्थात ९८औं मिनेटमा सब्सिच्युट मिडफिल्डर फेडे भोल्भेर्डेको गोलबाट रियलले खेलमा ३–२ को अग्रता लिन सफल भयो। जसपछि कुनै गोल हुन नसकेपछि रियल म्याड्रिड फाइनलमा प्रवेश गर्न सफल भएको थियो।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८१२:१७

सामाजिक सञ्जालमा रोनाल्डोलाई पछ्याउँदै मेस्सी !