फातीले गरे रोनाल्डोको ‘सिउउ’ सेलिब्रेसन, भाल्भर्डेले गरे मेस्सीको नक्कल: के हुँदै छ यस्तो ?

बुधबार राति भएको स्पेनिस सुपर कपको सेमिफाइनलमा रियल म्याड्रिडले बार्सिलोनालाई एल क्लासिकोमा ३-२ ले पराजित गर्दै बार्सिलोना माथि लगातार पाँचौं जीत निकाल्न सफल भएको छ।

साउदी अरेबियामा दुई पक्षले विस्तारित पाँच गोलको रोमान्चक खेल उत्पादन गरे जसमा अन्तत: अतिरिक्त समयको आठौं मिनेटमा फेडेरिको भाल्भर्डेको गोल विजयी गोल हुन पुग्यो। तर खेलमा भएका दुई गोलहरुका फरक-फरक सेलिब्रेसनले सबै दर्शकको ध्यान तान्यो।

साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसन स्टेडियममा बुधबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २५औं मिनेटमा भिनिसियसको गोलबाट रियलले अग्रता बनाएको थियो। उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए। ४१औं मिनेटमा लुक डि जोङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। औसमाने डेम्बेलेको क्रसलाई इडर मिलिसाओको कमजोर क्लिअरेन्स लुकलाई लाग्दै गोलमा परिणत भएको थियो।

७२औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई २–१ को अवस्थामा अघि बढाए। फर्लान्ड मेन्डीको क्रसलाई बेन्जेमाले नियन्त्रणमा लिदै गरेको प्रहार गोलरक्षक मार्क आन्दर टेर स्टेगनले पञ्च गरेको फालेपनि ड्यानी कार्भाजलले दिएको क्रस गोलरक्षकले पुन पञ्च गरेको बललाई बेन्जेमाले वान टचमा जाली चुमाएका थिए।

त्यसपछि, चीजहरू साँच्चै रोचक हुन थाले। ८३औं मिनेटमा अन्सु फातीले जोर्डी अल्वाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए। चोटबाट भर्खरै फर्केपछि गोल गरेका स्पेनिस युवा विङ्गर सेलिब्रेसन गर्न थाले र क्रिस्टियानो रोनाल्डोको ट्रेडमार्क ‘सिउ’ सेलिब्रेसन गर्न सुरु मात्र गरेका थिए, तब सायद उनले आफू बार्सिलोनामा रहेको र मेस्सीको जर्सी नम्बर १० लागएको महशुस गरे र उक्त सेलिब्रेसन आधा मै रोके।

निर्धारित ९० मिनेटको खेल र स्कोरलाइन २-२ को बराबरीमा सकिएपछि अतिरिक्त समयको सुरुवात भयो। मिडफिल्डर भाल्भर्डे रोड्रिगोको क्रसमा बललाई जाली चुमाउन सफल भए। त्यसपछि, अन्सुको उत्सव जस्तै, उरुग्वे अन्तर्राष्ट्रियले २०१७ मा मेस्सीले गरेको प्रसिद्ध “सर्ट अलफ्ट” सेलिब्रेसनको नक्कल गर्न थाले।

खेल रियलको पक्षमा ३-२ को नजिताका साथ गयो तर दुबै टोलीमा मेस्सी र रोनाल्डोको प्रभाव प्रष्ट रूपमा देख्न मिल्यो।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८१५:०९

रोनाल्डोको जुत्ताको तुना बाध्न पनि नसुहाउने नालायकहरु भन्दै युनाइटेड स्टारको उड्यो धज्जी !