एकैदिन ५ हजार भन्दा बढी कोरोना संक्रमित थपिए, आधा भन्दा बढी उपत्यका मै देखिए !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप ५ हजार ०८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ४५ हजार ५०१ पुगेको छ भने एन्टिजेन विधिबाट एक लाख १०८ जनामा संक्रमण पुष्टि भएको छ।

थप १३ हजार ४७४ जनाको पिसिआर परीक्षण तथा ७ हजार ०८६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट ४ हजार २०४ तथा एन्टिजेनबाट ८८३  जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४९ लाख ८१ हजार २६० जना पुगेको छ । हालसम्म ८ लाख १५ हजार ६५३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३०६ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९६ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार २३५ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण ३ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ६१३  पुगेको छ।

उपत्यकामा २६०७ संक्रमित

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८१६:३९

साताको पहिलो दिन नै घट्यो सुनको मूल्य ! कति ?