डेब्यू खेलमै कौटिन्होले गरेको यो उत्कृष्ट गोल जसले युनाइटेडलाई झड्का दियो ! [भिडियो सहित]

एजेन्सी – शनिबार राति एस्टन भिल्लाले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको सामना गर्यो। खेलको शुरुवाती अवस्थामा युनाइटेडले खेललाई नियन्त्रणमा राखेपनि भिल्लाले दोस्रो हाफमा रवाफिलो प्रदर्शन गर्दा युनाइटेडलाई बराबरीमा रोक्न सक्यो।

भिल्ला पार्कमा शनिबार राति भएको खेलमा युनाइटेडका ब्रुनो फर्नान्डेसले शुरुवाती अवस्थामै अग्रता दिलाएका थिए। उनले खेलको छैटौं मिनेटमा नै गोल गरेका थिए। एलेक्स टेलासको पासमा उनले गरेको गोलले भिल्लालाई समस्यामा पारेको थियो।

भिल्लाको समस्या त्यति बेला बोब्बर भयो जब ६७औं मिनेटमा ब्रुनोले नै युनाइटेडका लागि दोस्रो गोल गरे। तर ७७औं मिनेटमा ज्याकोव राम्सेले भिल्लालाई खेलमा फर्काए भने सब्सिच्युट फिलिपे कौटिन्होले डेब्यू खेलमै गोल गरे। उनले मैदान छिरेको चौथो मिनेटमा नै गोल गरेका थिए।

केहि दिन अगाडी मात्रै बार्सिलोनाबाट लोनमा एस्टन भिल्ला आइपुगेका कौटिन्होले पहिलो खेलमै प्रभाव देखाउन सके। खेलपछि उनले प्रिमियर लिगलाई धेरै मिस गरेको बताए।

“मैले यी खेलहरू र प्रिमियर लिग मिस गरिरहेको थिएँ। मेरो नयाँ टोलीका साथीहरूसँग यहाँ आउन पाउँदा म धेरै खुसी छु।”,खेलपछि स्काई स्पोर्ट्ससँग कुराकानी गर्दै कौटिन्होले भने।

त्यसक्रममा कौटिन्होले आफू कम अंग्रेजी बोल्न जान्ने उल्लेख गर्दै बोलेर भन्दा पनि खेलेर देखाउने बताए। थप मिहिनेत गर्दै आफ्नो खेललाई सुधार गरेर अगाडी बढ्ने पक्षमा आफू रहेको उनको भनाई छ।

उनले भने,”म अङ्ग्रेजी राम्रोसँग बोल्दिन, म बोलिरहन भन्दा पिचमा रहन बढी रुचाउँछु। म खुसी छु, यो पहिलो खेल थियो र आउने खेलहरुका लागि म कडा मिहिनेत गर्नेछु।”

प्रकाशित : आइतबार, माघ ०२, २०७८१०:११

मेस्सीको आगमनले पिएसजीलाई फलीफाप नै फलीफाप !