भिल्ला विरुद्ध किन रोनाल्डो आउट ? यस्तो आयो पछिल्लो अपडेट !

एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण दुई अंक गुमाएको छ। शनिबार राति एस्टन भिल्ला विरुद्धको खेलमा शुरुवाती अग्रता लिएर पनि जित निकाल्न नसक्दा युनाइटेडले दुई अंक गुमाएको हो। भिल्लाको घरेलु मैदानमा भएको खेलमा युनाइटेड भिल्लासँग २-२ को बराबरीमा रोकियो।

भिल्ला विरुद्धको खेलमा युनाइटेडका सबै भन्दा महत्वपूर्ण खेलाडी क्रिस्टियानो रोनाल्डो अनुपस्थित थिए। एफए कपको खेलमा भिल्ला विरुद्ध नखेलेका रोनाल्डो शनिबारको खेलमा पनि टोलीमा परेनन्।

किन टोलीमा परेनन् रोनाल्डो ?

रोनाल्डो पछिल्लो केहि समय देखि चोटिल अवस्थामा छन्। रोनाल्डोको कम्मरमा समस्या देखिएको छ। युनाइटेडका प्रशिक्षक राल्फ रङ्गनिकका अनुसार रोनाल्डो मांसपेशीमा देखिएको समस्याका कारण प्रशिक्षणमा पनि सहभागी भएका छैनन्।

एफए कपको खेल अगाडी रोनाल्डोमा सो समस्या देखिएको थियो। त्यसबेला नै रङ्गनिकले रोनाल्डोको अवस्था बारे जानकारी गराएका थिए। कम्मर र कम्मरको मांसपेशीमा देखिएको समस्या सोचे भन्दा लामो समय सम्म रहेपछि रोनाल्डो शनिबारको खेलमा उपस्थित हुन सकेनन्।

रोनाल्डो सो समस्याबाट पूर्णरुपमा ठीक भइनसकेको रङ्गनिकले बताए। रोनाल्डोको कम्मरमा देखिएको समस्या ठीक नभएपछि उनलाई प्रशिक्षणमा समेत सहभागी नगराइएको रङ्गनिकको भनाई छ।

“रोनाल्डोले जुन समस्याका कारण कप खेल गुमाएका थिए, त्यहि कारणले गर्दा उनी बाहिर छन्। पछिल्लो चोटी प्रशिक्षणका क्रममा उनले कम्मरमा समस्या भएको जानकारी गराएका थिए। त्यसैले उनलाई प्रशिक्षणमा पनि सहभागी गराइएको छैन।”,रङ्गनिकले भने।

रोनाल्डो आउने खेलका लागि उपलब्ध हुन सक्ने रङ्गनिकको विश्वास छ। उनले भने,”उनको कम्मरमा अझै समस्या देखिरहेको छ। आशा गरौँ उनी बुधबारको खेलका लागि उपलब्ध हुनेछन्।”

प्रकाशित : आइतबार, माघ ०२, २०७८११:४१

मेस्सीलाई परिवारको दबाव ! फर्किएलान् बार्सिलोना ?