बाग्मती प्रदेशमा एमालेको पत्तासाफ !

काठमाडौं । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने निश्चित देखिएको छ । मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

मतभारका आधारमा प्रमुख प्रतिपक्षी दल एमाले थोरै मतभारले पराजित हुने देखिएको छ । निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बाग्मती प्रदेशमा साझा उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख प्रतिपक्षी एमाले र नेमकिपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

बाग्मती प्रदेशमा दलहरूको मतभार
एमालेः ४१३४/ कांग्रेसः २२६२ / माओवादीः १७१६ / एकीकृत समाजवादीः ९३० / विवेकशील साझाः १४४ / नेमकिपाः १३२ / राप्रपाः १३२ / जसपाः ४८

गठबन्धनः ४९५६
सत्ताइतरः ४५४२

प्रतिपक्षी दल कमजोर भए पनि एकआपसमा तालमेल गरेका छैनन् । प्रतिपक्षी दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गर्दा सत्तारूढ दललाई विजयी बन्न सहज हुने देखिन्छ । यद्यपि, प्रतिपक्षी सबै दल मिल्दासमेत सत्तारूढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्न कुनै भने सम्भावना छैन । उता, उम्मेदवारहरू मत माग्न व्यस्त छन् ।

बाग्मती प्रदेशमा महिलातर्फ एक र अन्य समूहतर्फ एक गरी दुई सिटका लागि ६ जना प्रतिस्पर्धामा रहेका छन् । महिलातर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट एकीकृत समाजवादीकी गोमादेवी तिमिल्सिना, एमालेकी निरकुमारी कुँवर र नेमकिपाकी गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, अन्य समूहतर्फको एक सिटका लागि सत्तारूढ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल, एमालेबाट गोपाल शाक्य र नेमकिपाबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८०८:०८

अटेरी आयल निगम: ‘पेट्रोल बम’ जस्ता पेट्रोल पम्प !