रियल अध्यक्ष भन्छन्-‘लुका मोड्रिचले अर्को बालोन डी ओर पनि जित्नुपर्छ, एकले पुगेन’

गयराती रियल म्याड्रिड स्पेनिस सुपर कप च्याम्पियन बन्दा भेटेरान मिडफिल्डर लुका मोड्रिचले जीतमा प्रमुख भूमिका खेले। मिडफिल्ड बोस गरेको खेलमा क्रोशिया स्टारले गोल पनि गर्न सफल भए।

मोड्रिचले उत्कृष्ट ओपनर गोलको मद्दतमा आइतबार राति भएको सुपरकोपा डे स्पानाको फाइनलमा रियल मड्रिडले एथ्लेटिक क्लबलाई २–० ले हराएको हो। उनी खेल भर निकै उत्कृष्ट रहेका थिए। फ्लोरेन्टिनोले मोड्रिच र थिबाउट कोर्टोइसको बारेमा भने, “उनीहरु आफ्नो स्थानमा विश्वका उत्कृष्ट खेलाडी हुन्। मोड्रिच डाहा नै लाग्ने लयमा छन्, उनी फेरी पनि बालोन डी’ओर जित्न योग्य छन्।”

कार्लो एन्सेलोटीले खेलको अन्तिम समयमा मार्सेलोलाई निकै भावुकताका साथ मैदानमा प्रवेश गराए, जसले ब्राजिलका पाको गेन्टोको रियल म्याड्रिडका खेलाडीको रूपमा २४ ट्रफी जित्ने कीर्तिमान बराबरी गरे। “मार्सेलो एक लेजेण्ड हुन्,” फ्लोरेन्टिनोले भने, “उनको लागि अभिवादन प्राप्त गर्नु स्पष्ट कुरा हो, र म खुसी छु कि उनले धेरै म्याड्रिडिस्टाहरू भएको ठाउँमा यो प्राप्त गरे।”

आफ्नो क्लबले सिजनको पहिलो उपधि जित्दा प्रेजीडेन्ट निकै खुसी देखिए। “म सान्टियागो बर्नाबेउले हाम्रो लागि सेट गरेको लक्ष्यको हिसाबले काम गर्छु र म सिजनको पहिलो ट्रफी जित्न पाउँदा खुसी छु। यो निकै महत्वपूर्ण कुरा हो। हामीले परिवर्तनहरू गरेका छौं, हामी क्लबलाई राम्ररी चिन्ने प्रशिक्षकको साथ नयाँ युगमा प्रवेश गर्दैछौं। हामीले डिफेन्समा परिवर्तन गरेका छौं र हामीले अहिलेसम्म राम्रो नतिजाहरू पाएका छौं,” उनले भने, “हामीले हाम्रो नयाँ दिशा फेला पारेका छौं र हामी जित्न चाहन्छौं।”

प्रकाशित : सोमबार, माघ ०३, २०७८१४:३७

पेरेज भन्छन् – ‘मोड्रिचले फेरी पनि बालोन डी’ओर जित्नुपर्छ’