सामान्य बढ्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य सामान्य रुपले मात्र बढेको छ। साताको पहिलो दिन घटेको सुनको मूल्य सोमबार बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु ५ ले बढेको छ। चाँदी आज १ हजार २ सय ५५ रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, माघ ०३, २०७८१०:५१

एकै दिन भेटिए ६७ भन्दा बढी संक्रमित, उपत्यकामा मात्र झन्डै ४ हजार संक्रमण पुष्टि !