रियल म्याड्रिडका स्टार करिम बेन्जेमाले लस ब्लान्कोसको च्याम्पियन्स लिगको लिग १ दिग्गज पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको भिडन्त अगाडि बोल्ड दाबी गरेका छन्।

ला लिगा लिडर रियल म्याड्रिडले च्याम्पियन्स लिग राउन्ड अफ १६ मा लिग १ तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीसँग भिड्नेछ। यी दुई क्लबहरू फेब्रुअरी र मार्चमा दुई लेग खेलमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। रोमाञ्चक युरोपेली खेल नजिक आउँदै गर्दा बेन्जेमाले दाबी गरे कि लस ब्लान्कोसले पीएसजीको सामना गर्दा आफ्नो एक रौँ पनि नहल्लिने बताएका छन्।

उनले फ्रान्स फुटबललाई [L’Equipe मार्फत] भने: “यदि तपाईं फाइनलसम्म जान चाहनुहुन्छ भने, तपाईंले सबै टोलीलाई हराउनुपर्छ। आखिर, हामीले अर्को ड्र मन पराउने थियौं, त्यो पक्का छ। पीएसजी प्रतियोगिता जित्ने प्रमुख दाबेदार मध्ये एक टोली हो तर कुनै डर छैन। यो फुटबल खेल हो। हामी अर्को चरणलाई छनोट हुन चाहन्छौं, हामी सकेको प्रयास गर्ने छौं।”

माउरिसियो पोचेटिनोको टोलीले फेब्रुअरी १५ मा खेलको पहिलो लेगमा रियल म्याड्रिडलाई घरेलु मैदान पार्क डे प्रिन्सेसमा स्वागत गर्नेछ। स्पेनिस दिग्गजहरूले त्यसपछि ९ मार्चमा च्याम्पियन्स लिग टाईको दोस्रो लेगमा सान्टियागो बर्नाबेउमा पेरिसियनहरूको सामना गर्नेछन्। यस सिजनबाट अवे-गोल नियम लागू नहुने भएकोले समग्रमा प्रष्ट नतिजा निकल्ने टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ।

