फिफाको दि बेस्टमा लेवान्डोस्कीले मेस्सीलाई पछि पारे !

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले यसवर्षको फिफाको दि बेस्ट अवार्ड जितेका छन् ।

सोमबार राति स्वीट्जरल्यान्डको जुरिचमा भएको अवार्ड समारोहमा जर्मन क्लब बायर्न म्युनिखका उनले फ्रान्सेली क्लब पिएसजीका मेस्सी र लिभरपुलका सलाहलाई पछि पार्दै लगातार दोस्रो वर्ष अवार्ड जितेका हुन् । उनले समग्रमा ४८ अंक प्राप्त गरे । मेस्सीले ४४ तथा सलाहले ३९ अंक प्राप्त गरे । उनी सन् २०१६ पछि लगातार अवार्ड जित्ने दोस्रो खेलाडी बने । यसअघि रोनाल्डोले सन् २०१६ र २०१७ मा लगातार अवार्ड जित्न सफल भएका थिए ।

महिलातर्फ बार्सिलोनाकी स्पेनिस मिडफिल्डर एलेक्सिया पुतेलासले उपाधि जित्दा अष्ट्रेलियन साम केर दोस्रो तथा बार्सिलोनाकै जेनी हर्मोसो तेस्रो भए ।

प्रशिक्षकमा पुरुषतर्फ चेल्सी प्रशिक्षक थोमस टुचेलले उपाधि जित्दा चेल्सीकै महिला टोलीकी प्रशिक्षक एम्मा हेयसले उपाधि जितिन् । इटालीका रोबर्टो मान्सिनी र म्यानचेस्टर सिटीका पेप गुआर्डीओला शीर्ष तीनमा परे । महिलातर्फ बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस कोर्तेस र नेदरल्यान्ड्सकी सारिना विग्मनले शीर्ष तीनमा स्थान बनाए ।

पुरुष गोलरक्षक तर्फ चेल्सीका एडुआर्ड मेन्डीले इटालीका जियानलुइजी डोनारुम्मा र जर्मनीका म्यानुएल नोएरलै पछि पारे । त्यस्तै महिलातर्फ चिलीकी क्रिस्टियन एन्डलरले क्यानाडाकी स्टेफनी म्यारी लाबे र जर्मन एन क्याटरिन बर्गरलाई पछी पारिन् ।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८०९:०५

द बेस्टमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कसलाई रोजे ? यस्तो छ सूची !