देशभर फैलियो केरोना !

काठमाडौं । विगत केही समयदेखि बढ्न थालेको कोरोना भाइरस संक्रमणको गति निरन्तर उकालो लाग्नेक्रममा छ । पछिल्लो समय संक्रमितको सँख्यासँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सँख्या पनि बढेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

केही समयअघि कोरोनाबाट हुने मृत्युको सँख्या शून्यमा समेत झरेको थियो । तर, विश्वब्यापी रुपमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ फैलिएपछि नेपालमा पनि दिन प्रतिदिन संक्रमण दर बढ्दो छ । छिमेकी राष्ट्र भारतसँगको खुला सिमाना, सर्वसाधारणमा कोरोनाप्रति देखिएको बेवास्ता, ठुला र जिम्मेबार राजनीतिक दलहरुले गरेका भेला र सम्मेलनजस्ता कारणले पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेको हो ।

पुसको मध्यदेखि उकालो लागेको अत्यधिक चिसोका कारण मौसमी रुघाखोकीको संक्रमण पनि बढेको छ । मौसमी रुघाखोकीको लक्षणसमेत कोरोनाको लक्षणसँग मिल्दोजुल्दो हुने भएकाले सर्वसाधारणमा थप अन्यौल बढेको छ । मौसमी रुघाखोकी भन्दै बेवास्ता गर्ने प्रवृत्तिले पनि कोरोना संक्रमणको विस्तारमा थप मलजल गरेको छ ।

मौसमी रुघाखोकीको लक्षणसमेत कोरोनाको लक्षणसँग मिल्दोजुल्दो हुने भएकाले पनि सर्वसाधारणमा थप अन्यौल बढेको छ । मौसमी रुघाखोकी भन्दै बेवास्ता गर्ने प्रवृत्तिले पनि कोरोना संक्रमणको विस्तारमा थप मलजल गरेको छ ।

यसैगरी पछिल्लो समय कोरोना परीक्षण गराउनेको सँख्या बढेकाले पनि बढी संक्रमित भेटिन थालेका हुन् । वैदेशीक रोजगारी, अध्ययन वा अन्य कामको शिलशिलामा हवाइयात्रा गर्ने ब्यक्तिले अनिवार्य रुपमा कोरोना परीक्षण गराउनु पर्ने नियम छ । यसका अतिरिक्त सरकारले हरेक सार्वजनिक गतिविधिमा कोरोनाको खोप लगाएको कार्डको प्रमाणिकरण अनिवार्य गरेकाले पनि पछिल्लो समय कोरोना परीक्षण गराउनेको सँख्यामा बृद्धि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६ हजार सात सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १७ हजार चार सय ६५ जनाको परीक्षण गर्दा ६ हजार सात सय ३४ जनामा संक्रमण पुष्टी भएको हो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुशार सोमबार पीसीआर विधिबाट गरिएको परीक्षणमा पाँच हजार सात सय ४७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि आइतबार चार हजार नौ सय ६१ जना कोरोना संक्रमित थपिएका थिए ।

हाल देशभर ३० हजार आठ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । यसअघि आइतबार पनि तीनजनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टाको अवधिमा पाँच सय ४७ जना कोरोनामुक्त भएका छन् । पछिल्लो समय कोरोनाबाट मुक्त हुनेको तुलनामा दैनिक संक्रमित हुनेको सँख्या निकै बढी छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार नौ सय ३९ जना संक्रमित थपिएका छन् । त्यसमध्ये पनि काठमाडौं जिल्लामा सबैभन्दा बढी संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा सोमबार दुई हजार नौ सय ४३ जना संक्रमित थपिएका हुन् ।

यसैगरी भक्तपुरमा दुई सय एक र ललितपुरमा सात सय ९५ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार काठमाडौंमा दुई हजार पाँच सय ४५, भक्तपुरमा तीन सय २८ र ललितपुरमा चार सय ७४ जना संक्रमित थपिएका थिए ।

यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको निजी सचिवालयका अनुसार मन्त्रीलाई कोरोना पुष्टि भएपछि सोमबारका लागि निर्धारित कार्यक्रमहरू स्थगित गरिएका छन् ।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८०९:२९

तीनै तहको निर्वाचन सँगै गर्ने तयारी !