अत्यन्त शुभ ग्रह बृहस्पतिले गर्दैछ ठूलो परिवर्तन: यी राशिलाई अत्यन्त शुभ, मिल्नेछ असिमित लाभ !

ज्योतिष शास्त्रमा बृहस्पतिलाई सबैभन्दा शुभ ग्रह मानिन्छ किनभने यसले शुभ फल बढाउँछ। यदि कुण्डलीमा बृहस्पति राम्रो स्थितिमा छ भने भाग्यले हरेक काममा साथ दिन्छ। उक्त मानिसले खुब सफलता र खुसी प्राप्त गर्छ। जबकि बृहस्पतिको कुण्डलीमा कमजोर स्थितिले दुःख र द्वन्द्व निम्त्याउँछ। बृहस्पति १९ फेब्रुअरी, २०२२ शनिबार कुम्भ राशिमा अस्त गर्दैछ र २० मार्च, २०२२ सम्म यो स्थितिमा रहनेछ। यसको प्रभाव सबै राशिमा पर्नेछ।

यी राशिलाई निकै शुभ 

बृहस्पतिको स्थितिमा भएको यो परिवर्तन ८ राशिका मानिसका लागि निकै शुभ मानिन्छ। अस्त गुरुले पनि यी राशिको भाग्य चम्काएर धेरै लाभ दिनेछ। मेष, वृष, मिथुन, सिंह, तुला, धनु, मकर र कुम्भ राशिका लागि बृहस्पति निकै लाभदायक साबित हुनेछ। यी राशिका मानिसले हरेक क्षेत्रमा सफलता प्राप्त गर्नेछन्। धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ। करियर–व्यवसायमा धेरै प्रगति हुनेछ। ठूलो उपलब्धि हासिल गर्न सकिनेछ। केही शुभ कार्य पनि हुनसक्छ, जसले भविष्यमा ठूलो लाभ दिनेछ। समग्रमा गुरुको कृपाले माता लक्ष्मीको आर्शिर्वाद यी राशिमा भरपूर रहनेछ र धेरै सुख र समृद्धि प्राप्त हुनेछ।

यी राशिलाई अशुभ

बृहस्पतिको स्थितिमा भएको यो परिवर्तनले कन्या, वृश्चिक र मीन राशिका लागि अशुभ फल दिनेछ। यस राशिका व्यक्तिहरूले यस अवधिमा नोक्सान तथा शत्रुबाट हानिको सामना गर्नुपर्ने हुन सक्छ। अनावश्यक वाद-विवादमा नपर्नुहोला। त्यसैले यस समयमा धेरै सावधानीपूर्वक चल्नुपर्छ। अर्कोतर्फ कर्कट राशिका मानिसहरूमा यसको प्रभाव औसत रहनेछ।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१३:५६

आजबाट महान ग्रह बुध अस्त हुँदै, अबको ११ दिन यी ५ राशिलाई निकै अशुभ !