दुई जिब्रे मेस्सी: लेवान्डोस्कीको तारिफ गर्दै भोट चाहिँ दिएनछन् !

गत नोभेम्बरमा फ्रान्समा एक समरोहमा भएको बालोन डी ओर पेरिस सेन्ट जर्मेन स्टार खेलाडी लियोनल मेस्सीले प्राप्त गरेका थिए। उनले यससँगै करियरमा ७ पटक बालोन डी ओर अवार्ड जित्न सफल भए।

सन् २०२० मा कोभिड-१९ क कारण रद्द भएको बालोन डी ओर बार्यन म्युकिख स्टार रोबर्ट लेवान्डोस्कीले जित्नुपर्ने थियो भन्नेमा कुनै दुई मत नै थिएन। स्वयम मेस्सीले पनि आफ्नी विजयी भाषणमा पोलिस स्टारले सन् २०२० को बालोन डी ओर जित्नुपर्ने स्वीकार गरेका थिए। उनले फ्रान्स फुटबललाई बार्यन स्टारलाई उनको बालोन डी ओर दिन पनि आग्रह गरेका थिए।

त्यस्तै, सोमबार एक भर्चुअल समारोह माझ फिफा द बेस्ट अवार्ड प्रदान गरियो, जसमा मेस्सी र मोहम्मद सलाहलाई पछि पार्दै लेवान्डोस्कीले लगतार दोस्रो वर्ष पनि यस अवार्ड हात परेका छन्। जसपछि हरेक देशका कप्तानले दिएको भोट पनि सार्वजनिक भएको छ। र विशेष ध्यान केन्द्रित भएको छ मेस्सीले कसलाई भोट गरे भनेर। खासगरी बालोन डी ओर समारोहमा पोलिस कप्तानको तारिफमा उत्रिएका मेस्सीले लेवान्डोस्कीलाई पहिलो स्थानमा राखे भन्ने सबैको आंकलन रहेको थियो। तर भयो त्यसको ठिक विपरित। मेस्सीले पूर्व डर्टमण्ड स्टालाई आफ्नो टप ३ मा समेत राखेनन्।

अचम्मको कुरा, पेरिस सेन्ट-जर्मेनका फरवार्डले नेयमारलाई उत्कृष्ट फिफा अवार्डको लागि पहिलो रोजाइको रूपमा नाम दिएको खुलसा भयो। लियोनल मेस्सीको दोस्रो भोट किलियन एमबाप्पेलाई गएको थियो भने तेस्रो भोट रियल म्याड्रिड स्टार करिम बेन्जेमालाई दिएका थिए। गत वर्ष लियोनल मेस्सीले नेयमार र एमबाप्पेलाई क्रमशः पहिलो र दोस्रोमा भोट दिए भने लेवान्डोस्कीले तेस्रो भोट पाएका थिए। यद्यपि, ३४ वर्षीयाले यस पटक द बेस्ट फिफा अवार्डका लागि आफ्नो भोट थोरै परिवर्तन गर्ने सोच गरे।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१२:५५

फुटबल जगतबाट सन्यास लिने बारे रोनाल्डोको यस्तो प्रतिक्रिया, यसो भने !