अन्तत: कौडीको भाउमा हाजार्डलाई बेच्न तयार भयो म्याड्रिड, यो क्लब जाने भए !

रियल म्याड्रिडबाट बाहिरिंदै पूर्व चेल्सी स्टार इडेन हाजार्ड पुन: प्रिमियर लिगमा फर्किने क्रममा रहेको बताइएको छ। एल नासीओनलका अनुसार, स्पेनिस महारथीले न्यूक्यासल युनाइटेड प्रस्ताव गरेको ४० मिलियन र १० मिलियन बोनस स्वीकार गरेको छ।

बेल्जियमका विङ्गरले सन् २०१९ मा चेल्सीबाट आफ्नो १५० मिलियन रकमको सरुवा पछि सान्टियागो बर्नाबेउमा अपेक्षा अनुसार प्रदर्शन गर्न असफल भएका छन्। लगातारको चोटसँगको संघर्षका कारण उनले क्लबको आधा भन्दा बढी खेल मैदान बाहिर नै बिताउनु पर्यो। उनले लस ब्लान्कोसका लागि हालसम्मका सबै प्रतियोगितामा ५९ खेल खेलेका छन् जसमा उनले मात्र पाँच गोल गर्न सफल भए।

मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले कथित रूपमा हाजार्डलाई आफ्नो योजनामा समावेश गरेका छैनन्, यो तथ्य स्पष्ट भयो जब पूर्व एसी मिलान प्रशिक्षकले बेल्जियन स्टारलाई हालै मात्र स्पेनिस सुपर कपको फाइनल खेलमा मैदानमा प्रवेश नै गराएनन्। ट्रफी सेलिब्रेसनको फोटोमा पनि प्रष्ट देख्न सकिन्थ्यो कि हाजार्ड बिल्कुल पनि खुसी थिएनन्। जसपछि उनले रियल म्याड्रिड छाड्ने हल्लाले ट्रान्सफर बजार तात्न सुरु भएको छ। आउँदो समरमा मफोर्ड ब्रिजमा सनसनीपूर्ण फिर्तीलाई पनि नकार्न सकिने अवस्था छैन।

तर हाल भने न्युकासलले बाजी मारेको देखिन्छ। एटलेटिको म्याड्रिडबाट किरन ट्रिप्पियरपछि प्रिमियर लिग क्लब बेल्जियन सुपरस्टारलाई दोस्रो मार्की अनुबन्ध बनाउन तयार रहेको छ। यो पनि रिपोर्ट गरिएको छ कि रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्नो अपेक्षा पूरा गरेकोले न्युकासलबाट आएको प्रस्ताव तुरुन्तै स्वीकार गरेका थिए।

ला लिगा क्लबले बेल्जियम अन्तर्राष्ट्रियको लागि आफ्नो प्रारम्भिक शुल्कको धेरै भाग गुमाउनु परबे देखिन्छ तर इडेनको ठूलो पारिश्रमिकबाट छुटकारा पाउनु स्पेनिस क्लबको लागि सकारात्मक खबर हुनसक्छ।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१५:१४

हालाण्ड भित्र्याउन सिटीले चाल्यो पहिलो पाइलो, आइतबार जे पनि हुन सक्ने !