लक्ष्मीको कृपा बिना जीवनमा आर्थिक उन्नति सम्भव छैन। माता लक्ष्मी चंचल स्वभावकी हुन्छिन्। किनभने लक्ष्मी माता सधैं एकै मानिससँग बस्दिनन्। जसमाथि माता लक्ष्मी दयालु हुन्छिन्, धन–सम्पत्तिको कमी हुँदैन। अर्को तर्फ लक्ष्मी रिसाएपछि धनीलाई पनि गरिब बन्न कुनै समय लाग्दैन। शास्त्रमा केहि यस्ता कामहरु बताईएको छ जसको कारणले धनकी देवी लक्ष्मीले घर छोड्छिन्। यस्तो अवस्थामा जान्नुहोस् कस्ता गल्ती गर्नु हुँदैन।

प्रायः मानिसहरूले घरमा जुठो भाँडाकुँडाहरू राख्ने गरेको देखिन्छ। धेरैजसो घरपरिवारमा खाना खाइसकेपछि जुठो भाँडाकुँडा छाड्ने गरेका छन्। शास्त्रमा यसलाई अनुचित मानिएको छ। यसो गर्नाले देवी लक्ष्मी क्रोधित हुन्छिन्। जसको नतिजा आर्थिक कष्टको रूपमा भोग्नु पर्ने हुन्छ।

उत्तर दिशाका स्वामी धनका देवता कुबेर हुन्। यो स्थानलाई मातृस्थल मानिन्छ। यस्तो अवस्थामा यस ठाउँमा फोहोर राख्नु हुँदैन। यो दिशा सधैं सफा राख्नुपर्छ। यदि यो दिशामा बेकार चीजहरू राखिएमा कुबेरको साथमा माता लक्ष्मी पनि क्रोधित भई घरबाट बाहिरिन्छिन्।

घरको भान्सामा लक्ष्मीको वास हुन्छ। यस्तो अवस्थामा भान्सामा जुठा भाँडाहरू राख्नु हुँदैन। भान्साकोठाको चुलो सधैं सफा राख्नुपर्छ। यसो गर्दा घरमा सुख, शान्ति र समृद्धि आउँछ। शास्त्र अनुसार चुलोमा खाली वा जुठो भाँडाकुँडा राख्दा घरमा दरिद्रता आउँछ र गरिबी भएको ठाउँमा लक्ष्मीको वास हुँदैन।

सूर्यास्तको समयमा घरमा कुचो लगाउनु हुँदैन। यस्तो बेला घरमा कुचो लगाउँदा जीवनमा दुर्भाग्यको छायाँ घुम्न थाल्छ। यसका साथै, माता लक्ष्मी क्रोधित भई घरबाट निस्किन्छिन्।

चन्दनलाई एक हातले रगड्नु हुँदैन। किनभने यसो गर्नाले नारायणले गरिब बनाउनुहुन्छ। यससँगै माता लक्ष्मी पनि क्रोधित हुन्छिन् जसका कारण जीवनमा धनको अभाव झेल्नु पर्ने हुन्छ। दुबै हातले चन्दन रगडेपछि एउटा भाँडोमा राख्नुहोस्। त्यसपछि देवी वा देवतालाई लगाउनुहोस्।

