हालाण्ड भित्र्याउन सिटीले चाल्यो पहिलो पाइलो, आइतबार जे पनि हुन सक्ने !

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले नर्वेली युवा स्टार एर्लिङ हालाण्डको सम्बन्धमा छलफल अगाडी बढाउने भएको छ। आउने समर ट्रान्सफरमा बिक्रीका लागि उपलब्ध हुन सक्ने सम्भावना बढेसँगै सिटीले हालाण्डको विषयमा छलफल अगाडी बढाउने भएको हो।

विभिन्न मिडियाहरुले गरेको दावी अनुसार सिटीले आउने केहि समयमै हालाण्डका एजेन्ट र पितासँग छलफल गर्ने भएको छ। सिटीले १ हप्ता भन्दा कम समयमै हालाण्डका एजेन्ट र पितासँग भेटघाट गर्ने तयारी गरिएको मिडियाहरु बताउँछन्।

ट्रान्सफर मार्केटका जानकारीहरुले बाहिर ल्याएको जानकारी अनुसार सिटीका प्रतिनिधि र पिता अल्फ-इन्जे तथा एजेन्ट मिनो राइओला बीच आउने आइतबार नै भेट हुन सक्नेछ। त्यस भेटका क्रममा दुई पक्षबीच विस्तृतमा छलफल हुनेछ। सो छलफलमा हालाण्ड आफै पनि उपस्थित हुनेछन्।

सिटीका अधिकारीहरुले हालाण्ड र उनको पक्षलाई क्लबको योजनाहरु बारे जानकारी गराउनेछन्। त्यसबेला सिटीले दिर्घकालिन रुपमा क्लबले के तयारी गरिरहेको छ भन्ने बारे स्पष्ट जानकारी गराउनेछ।

सिटीको मुख्य टार्गेट हालाण्ड

गएको ट्रान्सफर विन्डोमा ह्यारी केनलाई भित्र्याउन प्रयास गरेको सिटीले अहिले आएर केनलाई आफ्नो टार्गेटबाट बाहिर राखिसकेको छ। जारी सिजनमा कम्जोर देखिएका केनलाई अनुबन्ध नगर्ने सिटीको योजना छ। केनको सट्टा हालाण्डलाई भित्र्याउने सिटीको चाहना रहेको छ।

हालाण्ड भित्र्याउन चाहने क्लबहरु

सिटी हालाण्डलाई भित्र्याउन चाहने एक्लो क्लब होइन। हालाण्डलाई युरोपका विभिन्न क्लबहरुले भित्र्याउन चाहेका छन्। हालाण्ड सबै भन्दा बढी बार्सिलोना, रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन(पिएसजी)को प्राथमिकतामा रहेका छन्।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८१५:५४

अर्जेन्टिनी राष्ट्रिय टोलीमा परेनन् मेस्सी, पीएसजीलाई ठूलो राहत !