पेरिस सेन्ट-जर्मेन (पीएसजी) आफ्नो स्टार खेलाडी किलियन एमबाप्पेलाई क्लब मै रहन मनाउने अन्तिम प्रयासमा अर्का स्टार खेलाडी लियोनल मेस्सीलाई निराश पार्न तयार भएको छ।

२३ वर्षीय स्टार खेलाडी पीएसजीसँग जारी सिजनको अन्तिमसम्म मात्र सम्झौतामा रहेका छन्। जसपछि उनी नि:शुल्क ट्रान्सफरमा स्पेनिस क्लब रियल म्याड्रिड जाने सम्भावना प्रवल रहेको छ। पीएसजीको पारिश्रमिक बिल ३०० मिलियन यूरो रहेको रिपोर्ट गरिएको छ जसमा मेस्सी कमाउनेहरूको सूचीमा शीर्ष स्थानमा छन् तर क्लबले अब एमबाप्पेलाई आफ्नो सबैभन्दा बढी कमाउने खेलाडी बनाउन इच्छुक रहेको बताइएको छ।

मेस्सीका नजिकका साथी र बार्सिलोनाका पूर्व सहकर्मी नेयमार वार्षिक पारिश्रमिक ३६.८ मिलियनका साथ दोस्रो स्थानमा छन् भने एमबाप्पे २५ मिलियन यूरो पारिश्रमिकका साथ तेस्रो स्थानमा रहेका छन्। फ्रान्सेली रिपोर्टहरुका अनुसार क्लबमा हाल दुई गुट बनेका छन्: एकमा दक्षिण अमेरिकी खेलाडीहरूको गुट छ भने दोस्रोमा फ्रेन्च भाषा बोल्ने खेलाडी रहेका छन् जसको नाइके एम्बाप्पे रहेका छन्।

सिजनको अन्त्यमा क्लबसँग सम्झौता पनि अन्त्य हुँदै गर्दा क्लबको पछिल्लो प्रस्तावले एम्बाप्पेको मन परिवर्तन गर्न सक्ने आशा गरिएको छ। स्पेनिस आउटलेट एबीसीको एक रिपोर्टले दावी गरेको छ कि रियल म्याड्रिडले एमबाप्पेलाई ४० मिलियन यूरोको साइन-अन बोनसका साथ छ वर्षको प्रतिबद्धता प्रस्ताव गर्न इच्छुक छ। सोहि रिपोर्टका अनुसार एम्बाप्पेको लागि म्याड्रिडको वित्तीय प्याकेज प्रदर्शन र आक्रमणला अनुसार बोनसका साथै छ मिलियनको आधार नेट पारिश्रमिक प्रस्ताव गर्नेछ।

यस्तोमा पीएसजी रियल म्याड्रिडको भन्दा उत्कृष्ट आर्थिक प्याकेज प्रस्ताव गर्नुका साथै खेलाडीलाई उनले फ्रेन्च क्लबसँग दीर्घकालीन सम्झौता गर्न आवश्यक नरहेको जानकारी पनि दिने तयारीमा छ। रियल म्याड्रिडले सन् २०२८ सम्म अनुबन्ध प्रस्ताव गर्दा पीएसजीले मात्र २ वर्षय सम्झौता प्रस्ताव गर्नेछ।

प्रतिवेदनमा थपिएको छ कि एमबाप्पेले कुन क्लबले आफूलाई बढी पैसा दिने हो भन्ने आधारमा आफ्नो भविष्यको निर्णय नगर्ने तर आफूलाई विश्वको उत्कृष्ट खेलाडी बन्नको लागि सजिलो बाटो कुन क्लबले प्रदान गर्नेछ भन्ने कुराले आफ्नो भविष्यको निर्णय गर्नेछन्।

