हालाण्ड फुत्किएको अवस्थालाई बार्सिलोनाको प्लान ‘बि’, यी खेलाडी माथि नजर !

एजेन्सी – नर्वेली युवा स्टार एर्लिङ हालाण्डलाई क्याटलान क्लब बार्सिलोनाले भित्र्याउने चाहेको कुरा अब नौलो रहेन। गएको केहि समय देखि हालाण्ड बार्सिलोनाको प्राथमिकतामा रहेका रिपोर्टहरु आइरहेका छन्। केहि समय अगाडी मात्रै बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले हालाण्डका एजनेट मिनो आइओलालाई भेटेको खबर आएको थियो।

आर्थिक संकटबाट गुज्रिरहेपनि बार्सिलोनाले हालाण्डलाई भित्र्याउन चाहेको छ। तर हालाण्ड भित्र्याउने बाटो बार्सिलोनाका लागि सहज भने छैन। युरोपका अन्य ठूला क्लबहरु पनि हालाण्डलाई भित्र्याउने योजना सहित अगाडी बढिरहेका छन्। आर्थिक रुपमा सवल रहेका धेरै क्लब हालाण्डको पछि लाग्दा बार्सिलोनालाई समस्या परिरहेको छ।

बार्सिलोनाको प्लान ‘बि’

हालाण्डलाई भित्र्याउने सकिने स्पष्ट आधार तयार नहुँदा बार्सिलोना वैकल्पिक योजनाका लागि समेत जुटिसकेको छ। विभिन्न स्पेनिस मिडियाहरु बार्सिलोनासँग प्लान ‘बि’ रहेको दावी गर्छन्। हालाण्ड भित्र्याउन नसकेको खण्डमा बार्सिलोनाले अर्का युवा स्ट्राइकरलाई भित्र्याउने प्रयास गर्नेछ।

बार्सिलोनाको वैकल्पिक योजनामा फिओरेन्टिनाका डुसान भ्लाहोभिक रहेका छन्। स्पेनिस प्रकाशन स्पोर्टका अनुसार हालाण्ड फुत्केको खण्डमा बार्सिलोनाले भ्लाहोभिकलाई भित्र्याउन प्रयास गर्नेछ।

भ्लाहोभिक सिरी ‘ए’मा धेरै नै राम्रो प्रदर्शन गरिरहेका छन्। जारी सिजनमा भ्लाहोभिक गोलको मामलामा धेरै नै घातक देखिएका छन्। घरेलु लिगका २१ खेल खेल्दा उनले १७ गोल गरिसकेका छन् भने २ असिस्ट दिएका छन्। यस सिजन समग्रमा उनले २४ खेलमा २० गोल गरेका छन्।

प्रकाशित : मङ्गलबार, माघ ०४, २०७८२१:४२

चेल्सीलाई अर्को झड्का, दुई अंक चैट !