लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य रुपले बढेको छ। साताको पहिलो दिन घटेर दोस्रो दिन र तेस्रो दिन सामान्य रुपले बढेको सुनको मूल्य बुधबार पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ७ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी सुनको मूल्य आइतबार ३ सय रुपैंयाँले घट्दा सोमबार र मंगलबार १-१ सय रुपैंयाँले बढेको थियो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु ३०ले बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : बुधबार, माघ ०५, २०७८११:१३

एकाएक भोलि देखि हुँदै मौसममा व्यापक परिवर्तन ! के होला ? यसो भन्छन् मौसमविद् !