फेरी घाइते भए फाती, रुँदै मैदान छाडे !

एजेन्सी – बार्सिलोनाको कोपा डेल रे अन्तर्गत एथलेटिको बिल्वाओ विरुद्धको खेलमा अन्सु फाती घाइते भए। बिल्वाओ विरुद्धको खेलको अतिरिक्त समयमा उनी घाइते हुन पुगेका थिए।

घाइते भएपछि फातीले आँसु रोक्न सकेनन्। उनी रुँदै मैदानबाट बाहिरिए। फातीको तिग्राको मांसपेशीमा समस्या देखिएको बताइएको छ। फाती हालसालै चोटमुक्त भएर फर्किएका थिए। पहिला उनीमा ह्यामस्ट्रिङको गम्भीर चोट थियो। बिल्वाओ विरुद्धको खेलमा उनलाई ६१ औं मिनेटमा मैदान छिराइएको थियो।

फातीको समस्या बारे बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले थप चेक जाँच पछि मात्र चोट कतिको गम्भीर छ भन्ने बारे थाहा हुने बताए। उनले भने,”चोट कतिको गम्भीर छ भन्ने भोलि हेर्छौं। उनी प्रभावित भएका छन्। थप चेकजाँच भोलि हुनेछ।”

त्यस्तै जाभीले अन्य खलाडीमा पनि समस्या देखिएको बताए। जाभीले दिएको जानकरी अनुसार पेड्री, जेरार्ड पिके र जोर्डी अल्बामा पनि केहि समस्याहरु देखिएका छन्।

बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ। गत वर्षको विजेता रहेको बार्सिलोना गत वर्षको उपविजेता एथलेटिको बिल्वाओसँग पराजित हुँदै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको हो।

बार्सिलोना बिल्वाओसँग अतिरिक्त समयमा ३–२ ले स्तब्ध हुँदै बाहिरियो। सान मामेस बारिया बिल्वाओमा बिहीबार राति भएको खेलमा बिल्वाओको क्वाटरफाइनल यात्रामा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे गर्दा बार्सिलोनाका फेरान टोरेस र पेड्रीले गोल गरे।

प्रकाशित : शुक्रबार, माघ ०७, २०७८१०:०२

डेम्बेलेलाई लखेट्ने बार्सिलोनाको तयारी !