एजेन्सी – सम्झौता नवीकरण गर्न नमानेपछि बार्सिलोनाले उस्मान डेम्बेलेलाई लखेट्ने तयारी गरेको छ। सम्झौता नवीकरणका लागि महिनौं प्रयास गर्दा पनि असफल भएसँगै बार्सिलोनाले डेम्बेलेलाई लखेट्ने तयारी गरेको हो।
बार्सिलोनाले लगभग १ वर्ष देखि सम्झौता थपका लागि कुराकानी गरिरहेको थियो। त्यसक्रममा बार्सिलोनाको तर्फबाट विभिन्न प्रस्ताव भएका छन्। तर डेम्बेलेले सहिले सम्म भएका समसम्पूर्ण प्रस्तावहरुलाई अस्विकार गरेका छन्।
सबै प्रस्ताव अस्विकार गरेसँगै डेम्बेले बार्सिलोना छाड्ने पक्षमा रहेको स्पष्ट भएको छ। डेम्बेलेको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। जसकारण बार्सिलोनाले डेम्बेलेलाई जनवरी ट्रान्सफर विन्डोमै बिक्री गर्ने तयारी शुरु गरेको छ।
जाभीको स्पष्ट भनाई
डेम्बेलेको विषयमा बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले स्पष्ट भनाई राखेका छन्। डेम्बेलेसँग सम्झौता थप गर्ने अथवा क्लब छाड्ने बाहेक अन्य कुनै पनि विकल्प नरहेको जाभीको भनाई छ।
डेम्बेलेलाई सम्झैता नवीकरण वा क्लब छाड्ने मध्ये एक विकल्प रोज्न जाभीले आरह गरे। डेम्बेलेले आफूलाई बार्सिलोनाई बस्न चाहेको बताएपनि सम्झौता थप हुन नसकिरहेको जाभीले बताए।
“डेम्बेलेबारे हाम्री प्रष्ट छौं। उनले सम्झौता नवीकरण गर्नुपर्छ, होइन भने क्लब छाड्नु पर्छ। अरु कुनै विकल्प छैन।”,जाभीले भने। जाभीको यस भनाईसँगै बार्सिलोनाले डेम्बेलेलाई आउने एक हप्ता भित्रै बिक्री गर्न सक्ने सम्भावना बढेर गएको छ।
डेम्बेले बोरुसिया डर्टमुण्डबाट सन् २०१७ मा बार्सिलोना आएका थिए। बार्सिलोनाले उनलाई १ सय ४५ मिलियन युरोमा किनेको थियो। तर बार्सिलोना आएयता उनी पूर्ण फिट रहेर खेल्न सकिरहेका छैनन्।

