तपाईले सोचेझैँ होला आजको दिन ? श्रीगणेशको कृपाले शुभ-अशुभ कस्तो रहला दिन ? हेर्नुस् राशिफल

आज माघ ८ गतेको पञ्चाङ्ग : –
•• दिन – शनिवार •• नक्षत्र – पूर्वफाल्गुनी , ९:३३ बजे उप्रान्त उत्तरफाल्गुनी •• तिथि – चतुर्थी , ७:४१ बजे उप्रान्त पञ्चमी •• करण – वालव ७:४१ बजेदेखि कौलव , १९:२८ बजे उप्रान्त भद्रा •• योग – शोभन , १३:२४ बजे उप्रान्त अतिगण्ड •• माघ ०८, २०७८, शनिवार •• 22 January, 2022  •• चतुर्थी, माघ कृष्णपक्ष •• पोहेलाथ्व, ११४२ ने.सं. •• सूर्योदय(sunrise) – ६:५७ •• सूर्यास्त(sunrise) – १७:३५ •• कार्यक्रमहरू : काशी-बडागणेश चतुर्थी •• शुभ साइत : होम गर्ने साइत, बिवाह गर्ने साइत, पसल खोल्ने साइत, रुद्री गर्ने साइत,

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मानसिकरुपले स्वस्थ रहनुहुनेछ। पारिवारिक जीवन सुखी रहनेछ।  हराएको वस्तु मिल्नेछ। आफ्नो विचार र आवेशलाई ध्यानमा राख्नुहोला। विदेशी व्यापारसँग सम्बन्धित सफलता र लाभ मिल्नेछ। बौद्धिक चर्चामा  विवाद टाल्नुहोला  ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

दिनभर मनमा आनन्द छाईरहनेछ। कार्यमा व्यवस्थित रुपले अगाडी बढाउन सकिनेछ। योजना अनुसार कार्य सम्पन्न हुनेछ। अपूर्ण कार्यलाई सफलतापूर्वक पूर्ण गर्नुहुनेछ। कार्यालयमा सहकर्मीको सहयोग मिल्नेछ । माईतबाट  शुभ समाचार मिल्नेछ। मानसिकरुपले आनन्दित रहनुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन मध्यम रहनेछ । नयाँ कार्य प्रारम्भ नगर्नुहोला। जीवनसाथी र सन्तानको विषयमा चिन्ता रहनेछ। जसकारण मनमा उद्वेग रहनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। खर्चको मात्रा अधिक रहनेछ। विद्यार्थिको लागि समय अनुकुल रहनेछ। मनमुटावको प्रसंग उपस्थित नहोस् यस कुराको ध्यान राख्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक स्फूर्ति र मानसिक प्रसन्नता राख्नको लागि कष्ट अनुभव हुनेछ। छातीमा  पीडा अथवा अन्य विकारले कष्टको अनुभूति हुनेछ । घरका सदस्यसँग  उग्र चर्चा वा वाद-विवाद  नहोस् यस कुराको ध्यान राख्नुहोला। अधिक खर्च हुनेछ। सामाजिकरुपले मानहानिको प्रसंग उपस्थित नहोस् यसको ध्यान राख्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कार्य सफलता र प्रतिस्पर्धिमा  विजय मिल्नाले  मनमा प्रसन्नता छाउनेछ। भाई-बहिनीसँग सम्बन्ध मीठास बनिरहनेछ। मित्र र आफन्तसँग  रमणीय यात्राको योग छ। आर्थिकरुपले लाभ मिल्नेछ। मानसिक रुपले तनावमुक्त रहनुहुनेछ। भाग्यवृद्धिको योग रहेको छ। नयाँ कार्य प्रारम्भ गर्नको लागि शुभ दिन रहेको छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दिन शुभ रहनेछ। बोलीको मधुरताले अरु व्यक्तिको मनमा सकारात्मक छाप छोड्न सक्नुहुनेछ।  पारिवारिक वातावरण सकारात्मक रहनेछ। बोलीमा ध्यान राख्नुहोला। अनावश्यक वाद-विवादमा नपर्नुहोस्। आर्थिक कार्य सफलताका साथ सम्पन्न हुनेछ। नकारात्मक विचारबाट टाढा रहनुहोला। मित्र र आफन्तसँग भेट हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

प्रत्येक कार्यमा आत्मविश्वास छल्किनेछ। आर्थिक योजना पनि सरलतापूर्वक सम्पन्न हुनेछ। शारीरिक तथा मानसिक रुपले  प्रसन्नताको अनुभव हुनेछ। वस्त्राभूषण र आनन्दमा खर्च हुनेछ। वैचारिकरुपले  दृढता रहनेछ। सिर्जनात्मक प्रवृत्तिमा मन लाग्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

रमाइलो तथा मनोरंजनको क्षेत्रमा खर्च हुनेछ। स्वास्थ्य सम्बन्धि समस्या रहनेछ ।  मनमा चिन्ताको भावना रहनेछ। दुर्घटनाको योग रहेको छ, सजग रहनुहोला। कुटुम्ब तथा आफ़न्तसँग गलत धारणा वा अनबन हुनसक्छ। अदालत सम्बन्धि कार्यमा सावधान रहनुहोला।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक लाभ र सामाजिक प्रतिष्ठा मिल्नुका साथै पारिवारिक जीवनमा सुखसन्तोषको भावना अनुभव गर्नुहुनेछ। आयमा वृद्धि र व्यापारमा लाभ मिल्नेछ। मित्रसँग रमणीय स्थानमा  पर्यटनको आयोजन हुनेछ। अविवाहितको लागी वैवाहिक योग बन्नेछ। पत्नी तथा पुत्रबाट लाभ प्राप्त हुने सम्भावना छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यवसायको क्षेत्रमा धन, मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापारको  हेतुले भागदौड ग्रनुपर्नेछ र उक्त प्रवासबाट लाभ हुनेछ।  उच्च पदाधिकारी तपाईसँग प्रशन्न रहनेछन्। सरकार, मित्र तथा आफन्तबाट लाभ मिल्नसक्छ। गृहस्थजीवनमा आनन्दको अनुभव गर्नुहुनेछ। सन्तानको प्रगतिले मनमा सन्तोषको भावना रहनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

शारीरिक रुपले अस्वस्थ रहनुहुनेछ। मानसिक स्वस्थतामा पनि समस्या आउनसक्छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँग मनमुटाव हुनसक्छ। अनावाश्तक खर्च हुनेछ। सन्तान सम्बन्धि विषयमा चिन्ता रहनेछ। प्रतिस्पर्धिसँग वास-विवादमा नपर्नुहोला। वैदेशिक क्षेत्रबाट शुभ  समाचार मिल्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

  • आकस्मिक धनलाभको योग रहेको छ । मानसिक तथा शारीरिक श्रमको कारण स्वास्थ्य खराब हुन सक्छ।  खर्चमा वृद्धि हुनेछ । यस दिन जलाशयबाट टाढा रहनुहोला। अनैतिक काम गर्नबाट बच्नुहोला।  ईश्वर भक्ति र आध्यात्मिक विचारले कष्टलाई कम गर्नेछ ।
प्रकाशित : शुक्रबार, माघ ०७, २०७८२०:३९

माघ महिनाको दोस्रो हप्ता कुन राशिलाई कति शुभ ? हेर्नुहोस् साप्ताहिक राशिफल !