चेल्सीका पूर्व स्टार जो कोलले म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाको क्लबको कार्यकाल अब छिट्टै सकिने विश्वास व्यक्त गरेका छन्।

शनिबार प्रिमियर लिगमा वेस्ट ह्याम विरुद्ध युनाइटेडको १-० को जित पछि बोल्दै, कोलले मिडफिल्डमा अझै पनि रेड डेभिल्स निकै कमजोर देखिएको टिप्पणी गरेका थिए। जसक्रममा उनले भने,”हामी सभी यो कुरामा सायद सहमत हुन्छौं कि उनीहरुले आफ्नो मिडफिल्ड बलियो बनाउन आवश्यक रहेको छ। मेकटोमीने मलाई मनपर्छ तर त्यहाँ अरू केहि हुन आवश्यक छ, त्यहाँ एक फरक। ब्रुनो फर्नान्डेज राम्रो खेलाडी हुन्। तर मलाई लाग्छ कि म्यान युनाइटेडका फ्यानहरूको समस्या भनेको उनीहरूले विगतमा भएका उत्कृष्ट टोलीहरूसँग तुलना गरिरहेका छन्। यो नयाँ पुस्ता हो, यो नयाँ टोली हो, र मलाई लाग्छ आज तिनीहरूले राम्रो खेले।”

म्यानचेस्टर युनाइटेडमा पोग्बाको समय सकिएको र क्लबले जतिसक्दो चाँडो फ्रान्सेली खेलाडीलाई प्रतिस्थापन गर्ने खेलाडी खोज्नुपर्नेमा पनि कोल विश्वास गर्छन्। उनी भन्छन्, “मलाई लाग्छ कि त्यहाँ उनीहरूलाई [म्याकटोमिने र फ्रेड] धकेल्न र टोलीमा सन्तुलन प्रदान गर्न अरू कोही हुनु आवश्यक छ। मलाई लाग्दैन पोग्बाले यस पक्षमा केही गर्न सक्छन्। ब्रुनो फर्नान्डेज क्लबमा आएदेखि मलाई लाग्छ कि उनी सबै क्षेत्रमा पोग्बा भन्दा उत्कृष्ट देखिएका छन्। त्यसैले मलाई लाग्छ उनको समय सकिएको छ।”

सन् २०१६ मा युभेन्टसबाट म्यानचेस्टर युनाइटेडमा आबद्ध भएदेखि पोग्बाले क्लबका लागि अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन्। यस अवधिमा फ्रान्सेली खेलाडीले रेड डेभिल्सका लागि सबै प्रतियोगिताहरूमा २१९ खेल खेल्दै ३८ गोल गरेका छन् भने ४९ असिस्ट प्रदान गरेका छन्।

