भाग्यवृद्धि हुने बृहस्पति ग्रहको सहयोगले मानिसलाई कुनै पनि काममा सफलता मिल्न निकै सहज हुन्छ। त्यसैले ज्योतिषशास्त्रमा बृहस्पति ग्रहलाई सबैभन्दा शुभ ग्रह मानिन्छ। हाल बृहस्पति ग्रह कुम्भ राशिमा छ र अप्रिल १३, २०२२ सम्म यो राशिमा रहनेछ। यस अवधिमा बृहस्पति पाँच राशिको आर्थिक अवस्था, करियर, पारिवारिक जीवन आदिका लागि निकै शुभ साबित हुनेछ।
मेष राशि

मेष राशिका व्यक्तिले धन प्राप्त गर्नेछन्। करियर–व्यवसायमा धेरै प्रगति हुनेछ। नयाँ घर-गाडी किन्न सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। समग्रमा, जीवनको हरेक पक्षमा खुशी रहनेछ।
मिथुन राशि

मिथुन राशि हुनेहरुका लागि यो समयमा आर्थिक स्थिति सुदृढ हुने देखिन्छ। आम्दानीमा हुने वृद्धिले ठूलो राहत मिल्नेछ। भाग्यको सहयोगले हरेक काम समयमै पूरा हुनेछन्। मान-सम्मानका साथै पदोन्नतीको पनि सम्भावना रहेको छ। घरमा सुख-समृद्धि रहनेछ।
सिंह राशि

सिंह राशिका लागि यो समयमा धेरै पुराना समस्याको अन्त्य हुने देखिन्छ। तपाईंको जीवन सुख-समृद्धिले भरिपूर्ण हुनेछ। पैसाको अभाव हट्नेछ। विभिन्न कार्य तपाईंको हात लाग्नेछन्।
तुला राशि

तुला राशिका मानिसको लागि यो समय व्यापार-व्यवसाय क्षेत्रमा निकै उत्कृष्ट रहनेछ। धन लाभ हुनेछ। नयाँ प्रस्तावहरू प्राप्त गर्न सकिन्छ, जुन धेरै लाभदायक साबित हुनेछ। दाम्पत्य जीवन राम्रो रहनेछ।
वृश्चिक राशि

यो समय बृहस्पतिको प्रभावले वृश्चिक राशिका व्यक्तिहरूलाई पद, धन र इज्जत सबै कुरा दिनेछ। करियरमा धेरै प्रगति हुनेछ। पारिवारिक जीवन राम्रो रहनेछ।

