“रोनाल्डोबाट धेरै कुरा सिक्न पाएँ, त्यसैले उनले छाड्दा म तयार भैसकेको थिएँ”

एजेन्सी – सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छाड्नु क्लबको लागि ठूलो धक्का थियो। रोनाल्डोको उपस्थितिमा युरोपभर राज गरेको रियल रोनाल्डोको अनुपस्थितिमा कुन स्थितिमा पुग्ला भन्नेमा सबैको चासो थियो। रोनाल्डो नहुँदा रियल धेरै कम्जोर अवस्थामा पुग्ने धेरै नै अनुमान लगाएका थिए।

तर धेरैको अनुमान विपरित रियलले आफ्नो योजनालाई अगाडी बढायो। रोनाल्डो नहुँदा रियल केहि कम्जोर पक्कै भयो। यधपी धेरैले अनुमान गरे जस्तो कम्जोर भने भएन। रियलले रोनाल्डो नहुँदा पनि घरेलु लिग र युरोपियन प्रतियोगिताहरुमा बलियो उपस्थिति जनायो। रोनाल्डोको अनुपस्थितिमा करिम बेन्जेमाले रियलको आक्रमण राम्रोसँग सम्हाले।

रोनाल्डो हुँदा ओझेलमा परेका बेन्जेमाले आफ्नो भूमिका जुन तहबाट निर्वाह गरे, त्यो पक्कै सम्मानजनक छ। रोनाल्डो गएपछि बेन्जेमा नै रियलको मुख्य गोलकर्ता छन्। पछिल्लो सिजनबाट त उनी छुट्टै स्तरको खेल प्रदर्शन गरिरहेका छन्। भन्ने नै हो भने बेन्जेमाले रोनाल्डोको अभाव खासै खड्किन दिएका छैनन्।

उनै बेन्जेमाले रोनाल्डोबाट धेरै कुरा सिक्न पाएका कारण रोनाल्डोले छाड्ने बितिकै जिम्मेवारी सम्हाल्न आफू तयार भएको बताएका छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा बेन्जेमाले रोनाल्डोबाट सिकेकी कारण रियलको जिम्मेवारी सम्हाल्न सकेको बताएका हुन्।

“मैले क्रिस्टियानोसँग धेरै कुरा सकिन पाएँ, त्यसैले उनले छाड्दा म तयार भइसकेको थिएँ।”,एक अन्तर्वार्ताका क्रममा बेन्जेमाले भने। बेन्जेमा पनि रोनाल्डो सँग-सँगै रियल आइपुगेका थिए। दुवै सन् २००९ को समर ट्रान्सफरमा रियल आइपुगेका हुन्। रियलमा बेन्जेमा र रोनाल्डो मिलेर संयुक्त ६ सय ४२ गोल गरेका थिए।

प्रकाशित : सोमबार, माघ १०, २०७८१८:५७

मेस्सीका उत्तराधिकारी चोटको नर्कतर्फ लम्किए, बार्सिलोनालाई तनावै-तनाव !