रामोसले गरे पिएसजीका लागि पहिलो गोल, पिएसजीको सानदार जित !

एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा रेइम्सलाई ४–० को भारी अन्तरले पराजित गरेको हो ।

पार्क डेस प्रिन्सेसमा पिएसजीको फराकिलो जितमा मार्काे भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले गोल गर्दा एक गोल उपहार पाएको थियो । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको ४४औं मिनेटमा मार्काे भेराट्टीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए ।

दोस्रो हाफमा भने पिएसजीले ३ गोल थप्न सफल भयो । ६२औं मिनेटमा भेट्रान डिफेन्डर सर्जियो रामोसले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । उनले पिएसजीका लागि लिग वानमा चार खेल खेल्दा पहिलो गोल गर्न सफल भएका हुन् । यसै समरमा स्पेनिस क्लब रियल म्याड्रिडबट पिएसजी आएका उनले क्लबका लागि समग्रमा पाँच खेल खेलेका छन् ।

६७औं मिनेटमा वोआउट फाइसले आत्मघाती गोल गरेपनि पिएसजी सहज जिततर्फ अघि बढ्यो । ७५औं मिनेटमा केलियन एमबाप्पेको पासमा डानिलो पेरेइराले गोल गर्दै पिएसजीको फराकिलो जित पक्का गरे ।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २२ खेलबाट ५३ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको निसलाई ११ अंकले पछि पारेको छ । पराजित रेइम्स २४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

प्रकाशित : सोमबार, माघ १०, २०७८१०:११

मेस्सीको आलोचना गर्नेलाई बेन्जेमाको दनक – फुटबलको ज्ञान नहुनेले मात्र हो मेस्सीको आलोचना गर्ने’