पोल्याण्डमा एक महिलाले दिईन एकसाथ ६ बच्चाको जन्म !

उत्तरी पोल्याण्डको अस्पतालमा सोमबार एक महिलाले एकसाथ ६ जुम्ल्याहा बच्चाको जन्म दिएकी छिन। जहाँ उनले ४ छोरी र २ छोराको सफल जन्म दिएकी हुन् । डाक्टरका भनाइ अनुसार यस्तो घटना पोल्याण्डमा पहिलोपटक भएको हो। अस्पतालका डाक्टरहरुका अनुसार यी ६ बच्चाको जन्म २९ औँ हप्तामा भएको हो। आमा र बच्चा दुवै स्वस्थ रहेता पनि बच्चाको उचित वृद्धि र बिकाशको लागि इंक्यूबेटरमा राख्नुपर्ने उपचारमा कार्यरत डाक्टरको भनाइ रहेको छ।  प्रत्येक बच्चाको वजन करिब ८०० ग्राम देखि १.३ किलोग्रामकको बिचमा रहेको छ।

पहिले ५ बच्चाको जन्म हुने अनुमान गरिएता पनि ६ बच्चाको जन्म भएकोमा डाक्टरहरु समेत अचम्ममा परेका थिए। यो घटनाले  पोल्याण्ड मात्र नभई पुरै बिश्वलाई आस्चर्यचकित बनाएको छ। ६ जुम्ल्याहा बच्चाको सफल जन्म पश्चात पोल्याण्डका राष्टपति आंद्रजेज दूदाले बच्चाका माता पिता र चिकित्सकलाई एकसाथ बधाई दिएका छन।

यहि  बर्षको मार्चमा चीनमा २ फरक पिताबाट २ जुम्ल्याहा बच्चाको जन्म भएको घटना पनि विभिन्न संचार माध्यम मार्फत प्रकाशन प्रशारण गरिएको थियो। यसभन्दा अघि सन् २०१२ मा नोएडाको एक टेस्ट्युब बेबी सेन्टरमा जनवरी २६ मा सात महिलाले एकसाथ १४ जुम्ल्याहा बच्चाको जन्म दिएर बिश्व कीर्तिमानी राखेका थिए।

 

प्रकाशित : मङ्गलबार, जेठ ०७, २०७६०८:०१

नियमित १० माउसुली खाने यी अचम्मको व्यक्ति , हेर्नुहोस !