सभामुखको उम्मेदवार टुङ्गिएसँगै तुम्वाहाङ्फेद्वारा राजीनामा! कारण यस्तो

काठमाडौँ, ६ माघ: उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उहाँले संविधानले संसद्लाई नेतृत्व विहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुङ्गो लाग्ने बित्तिकै आफूले राजीनामा गरेको बताउनुभयो ।

उहाँले आफू दलको नभई संसद्को उपसभामुख भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजीनामा गर्न दिएको निर्देशन मान्न नसकेको प्रस्टी करण दिनुभयो । “संसदीय मर्यादालाई ख्याल गरी मैले मार्गप्रशस्त गर्न राजीनामा गरेको हुँ”, तुम्वाहाङ्फेले भन्नुभयो ।

उपसभामुखबाट राजीनामा गरेसँगै ट्र्याक परिवर्तन भएको उहाँको भनाइ थियो । उहाँले आफ्नो दुईवर्षे कार्यकालमा संविधान र कानूनबमोजिम कर्तव्य निर्वाह गरेको जिकिर गर्नुभयो । असोज १४ गतेपछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकार अनुसार आफूले प्रतिनिधि सभाको नेतृत्व गरेको उहाँले स्पष्ट पार्नुभयो । “उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ”, उहाँले भन्नुभयो ।

संसद् सचिवालयको कर्मचारीले दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्ण बहादुर महराले राजीनामा गर्नुभएको थियो । गत असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुख विहीन छ । आइतबार नेकपाको सचिवालय बैठकले अग्नि प्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

प्रकाशित : सोमबार, माघ ०६, २०७६१०:२३

पेट्रोलियम अन्वेषण: तीन लाइनमा सकियो सेस्मिक सर्भे