एजेन्सी – समर ट्रान्सफरमा नर्वेली युवा स्टार एर्लिङ हालाण्डलाई भित्र्याउनको लागि क्याटलान क्लब अहिले देखि तयारीमा जुटेको खुलासा भएको छ। बार्सिलोनाले हालाण्ड भित्र्याउन सक्दो प्रयास गर्नको लागि अहिले देखि तयारीमा जुटेको खुलासा खेल मिडिया ‘गोल’ले गरेको हो।
गोलले गरेको दावी अनुसार बार्सिलोना अहिले देखि नै हालाण्डलाई भित्र्याउन आर्थिक जोहो गर्न जुटेको छ। बार्सिलोनाले हालाण्ड भित्र्याउन अहिले देखि नै १ सय मिलियन युरो जम्मा गर्ने अभियान शुरु गरेको बताइन्छ।
बोरुसिया डर्टमन्ड हालाण्डलाई बेच्न तयार भएपनि पहिला आफूले खर्च गरेको लगभग २० मिलियन युरो समेत फिर्ता लिने पक्षमा रहेको गोलको दावी छ। जसकारण हालाण्डका लागि १ सय मिलियन सम्म खर्च हुने अवस्था बन्नेछ। सो अवस्थामा लागि बार्सिलोना १ सय मिलियन युरो जुटाउन लागिपरिसकेको छ।
डेम्बेलेलाई जान दिने पक्षमा बार्सिलोना
बार्सिलोनाले केहि समय देखि ओस्मान डेम्बेलेलाई सम्झौता थप गर्न आग्रह गरिरहेको छ। त्यसका लागि बार्सिलोनाले विभिन्न प्रकारका प्रस्ताव पनि गरिसकेको छ। तर डेम्बेलेले उच्च पारिश्रमिक माग गरिरहेपछि बार्सिलोना निराश बनेको छ। डेम्बेले नगल्ने देखेपनि बार्सिलोना उनी फ्री ट्रान्सफरमा अन्यत्र जानेमा स्पष्ट भएको छ।
महँगो मूल्य तिरेर ल्याइएका डेम्बेलेको फ्री ट्रान्सफरले बार्सिलोनालाई पक्कै पनि घाटा पुर्याउने छ। तर पारिश्रमिकको मामलामा भने बार्सिलोनालाई केहि राहत मिल्नेछ।
डेम्बेलेलाई दिन पर्ने पारिश्रमिक हालाण्डलाई थप गरिदिने पक्षमा बार्सिलोना रहेको बताइन्छ। त्यस्तै हालाण्डलाई भित्र्याउन आवश्यक हुने १ सय मिलियन युरो रकम कुन-कुन खेलाडी बेचेर जम्मा गर्न सकिन्छ भन्ने विषय बार्सिलोनाको टाउको दुखाई बनिरहेको छ।

