बार्सिलोनाको उद्धार गर्न जाभीलाई यी दुई खेलाडी चाहियो ! को-को ?

एजेन्सी – बार्सिलोनालाई लयमा फर्काउने अभियानमा रहेका जाभी हर्नान्डेज खेलाडी थप्ने पक्षमा रहेका छन्। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार जाभीले बार्सिलोनालाई लयमा फर्काउनको लागि थप खेलाडीको माग गरेका हुन्।

जाभीले क्लबका अधिकारीहरुलाई थप खेलाडी भित्र्याउन आग्रह गरिसकेका छन्। जनवरी ट्रान्सफर विन्डोमै थप खेलाडी भित्र्याउन बार्सिलोनाका अधिकारीहरुलाई जाभीको आग्रह छ।

क्लबका खेलाडीहरु घाइते हुन सक्ने पक्षलाई मध्यनजर गर्दै थप खेलाडी भित्र्याउन जाभीले आग्रह गरेको बताइन्छ। क्लबमा यस अगाडी देखि नै खेलाडी घाइते हुन समस्या बिकराल छ। त्यसलाई ध्यानमा राखेर खेलाडी थप्नुपर्ने जाभीको बुझाई रहेको छ।

स्ट्राइकर र विङ्गर थप्ने चाहना

लियोनेल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाको गोल संख्यामा सोचे भन्दा बढी ह्रास आएको छ। बार्सिलोना कम्जोर हुनुको मूख्य कारण पनि यहि नै हो। भरपर्दो स्ट्राइकर नहुँदा बार्सिलोना समस्यामा परिरहेको छ। त्यस्तौ सर्जियो अग्युरोको सन्यासले पनि बार्सिलोनालाई समस्या पारेको छ। यो समस्याबाट छुटकारा पाउनकै लागि जाभी स्ट्राइकर र विङ्गर थप्न चाहन्छन्।

जाभीको आग्रहसँगै बार्सिलोना स्ट्राइकर र विङ्गरको खोजिमा जुटिसकेको बताइन्छ। हालको अवस्थामा अल्भारो मोराटा सबै भन्दा बढी बार्सिलोनाको प्राथमिकतामा रहेका छन्। त्यस्तै बार्सिलोनाले प्रिमियर लिग क्लब वुल्भसँग पनि कुराकानी अगाडी बढाएको छ। प्राप्त जानकारीका अनुसार बार्सिलोना एडामा ट्राओरेलाई भित्र्याउन चाहन्छ।

प्रकाशित : बिहिबार, माघ १३, २०७८१६:५५

लुक डे जोङ भन्छन् – ‘मलाई बार्सिलोना छाड्न मन नै छैन, बरु सब्स्टिट्युट बनिराख्न तयार छु’