हालाण्डको सर्वोत्कृष्ट खेलाडीको सूचीमा परेनन् रोनाल्डो, को-को परे ?

एजेन्सी – बोरुसिया डर्टमण्डका युवा स्टार एर्लिङ हालाण्डले विश्वका सर्वोत्कृष्ट तीन खेलाडीको नाम लिएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा हालाण्डले हालको अवस्थामा सर्वोत्कृष्ट लाग्ने तीन खेलाडीको नाम लिएका हुन्।

ईएसपीएनसँग कुराकानी गर्नेक्रममा हालाण्डले सर्वोत्कृष्ट तीन खेलाडीको नाम लिँदा क्रिस्टियानो रोनाल्डोको नाम भने लिन छुटाए। हालाण्डका अनुसार हालको अवस्थामा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की विश्वकै नम्बर एक खेलाडी हुन्।

त्यस्तै हालाण्डको सूचीको दोस्रो स्थानमा रियल म्याड्रिडका करिम बेन्जेमा परे। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का लियोनेल मेस्सी पनि हालाण्डको सूचीमा परे।

“भन्नै पर्छ, विश्वजा शिर्ष तीनमा रोबर्ट लेवान्डोस्की पहिलो स्थानमा पर्छन्। त्यसपछि मेरा लागि बेन्जेमा उत्कृष्ट छन्। बेन्जेमा अद्भुत छन्। यस्तै मेस्सी पनि गज्जब छन्।”,हालाण्डले भने।

लेवान्डोवस्की र मेस्सीले हालैका महिनाहरूमा विश्वको उत्कृष्ट खेलाडीहरुलाई दिइने अवार्ड जितेका छन्। गत वर्ष मेस्सीले बालोन डी’ओर जितेका थिए भने केहि साता अगाडी लेवान्डोवस्कीले फिफा वर्ष खेलाडी अवार्ड जितेका थिए।

प्रकाशित : बिहिबार, माघ १३, २०७८२०:२७

नेयमारको ठाउँ कौटिन्होले पाए !