रामोसले भने – ‘पिएसजी जानु अगाडी नै मेस्सी-नेयमारसँग कुरा गरेको थिएँ’

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार डिफेन्डर सर्जियो रामोसले फ्रान्स जानु अगाडी लियोनेल मेस्सी र नेयमारसँग कुराकानी गरेको स्विकार गरेका छन्। एक अन्तर्वार्ताका क्रममा रामोसले पिएसजी जानु अगाडी मेस्सी र नेयमार जस्ता विभिन्न खेलाडीहरुसँग कुराकानी गरेको खुलासा गरेका हुन्।

पिएसजीको आधिकारिक मिडियासँग कुराकानी गर्नेक्रममा रामोसले सम्झौतामा हस्ताक्षर गर्नु अगाडी मेस्सी, नेयमार नाभास सहित अन्य खेलाडीहरुसँग कुराकानी गरेको बताए।

“पिएसजीसँग सम्झौता गर्ने प्रक्रिया राम्रो थियो। लियो [मेस्सी], केलर [नाभास] लगायत अन्य खेलाडीहरूसँग कुरा गरिसकेको थिएँ। नेयमार र अन्य टोलीका साथीहरूसँग पनि मैले कुरा गरेको थिएँ।”,रामोसले भने।

पिएसजीका खेलाडीहरुसँग पहिला नै कुरा गरेका कारण घुलमिल हुन सहज भएको पनि रामोसले बताए। रामोसका अनुसार उनको पिएसजीमा स्वागत पनि धेरै गज्जबसँग भएको थियो।

रियल म्याड्रिडमा डेढ दशक भन्दा बढी समय बिताएपछि रामोस यसै सिजन पिएसजीमा पुगेका हुन्। सम्झौता सकिएपछि रियलले सम्झौता थप गर्न राम्रो प्रस्ताव नराखेपछि रामोसले पिएसजी जाने निर्णय गरेका थिए। उनी फ्री ट्रान्सफरमा पिएसजी पुगेका थिए।

प्रकाशित : शुक्रबार, माघ १४, २०७८१६:२२

लिभरपुललाई बार्सिलोनाको झड्का !