प्रयोगमा नआएका खेलाडीले पनि रियल छाड्न मानेनन् !

एजेन्सी – जनवरी ट्रान्सफर विन्डोमा रियल म्याड्रिडका कुनै पनि खेलाडीले क्लब नछाड्ने देखिएको छ। कुनै खेलाडीले क्लब छाड्न नचाहँदा रियलले जनवरी ट्रान्सफर विन्डोमा कुनै पनि खेलाडीलाई बिक्री गर्न नसक्ने भएको हो।

गएको केहि समय देखि रियलले केहि खेलाडीलाई बिक्री गर्ने प्रयास गरिरहेको छ। तैपनि बिक्री गर्न चाहेका कुनै पनि खेलाडीले क्लब छाड्न चाहेका छैनन्।

क्लबका प्रशिक्षक कार्लो एन्सेलोटीले नियमित आवश्यक पर्ने खेलाडीहरुलाई चिनिसकेका छन् र उनीहरुलाई नियमित जस्तो प्रयोग पनि गरिरहेका छन्। तर रियलमा धेरै यस्ता खेलाडीहरु पनि छन्, जो खासै काम आइरहेका छैनन्।

त्यस्ता खेलाडीहरुलाई रियलले बिक्री गर्न चाहेको भएपनि यस जनवरी ट्रान्सफर विन्डोमा सम्भव हुने देखिँदैन। ट्रान्सफर विन्डो बन्द हुन केहि दिन मात्र बाँकी रहेको अवस्थामा रियलबाट कोहि पनि अन्यत्र जाने सम्भावना छैन।

रियलले लुका जोभिकलाई बेच्ने धेरैको अनुमान थियो। तर बेन्जेमा घाइते भएको अवस्थालाई रियलले उनलाई प्रयोग गढ़ना बिक्रि नगर्ने भएको छ। त्यस्तै अहिले खेल्ने मौका पाउन छाडेका ग्यारेथ बेल, मार्सेलो र इस्कोले पनि जनवरी ट्रान्सफरमा क्लब छाड्न चाहेनन्। तीनै खेलाडी जुन पछि फ्री ट्रान्सफरका लागि उपलब्ध हुनेछन्।

यता इडेन हाजार्डको रियलमा खासै काम छैन। एन्सेलोटीले उनलाई कमै मात्र प्रयोग गरिरहेका छन्। क्लबमा अझै तीन वर्ष सम्झौता बाँकी रहेका उनलाई रियलले बेच्न चाहेपनि उनले क्लब परिवर्तन गर्न चाहेनन्।

प्रकाशित : शनिबार, माघ १५, २०७८१४:४८

यो एक शर्त पूरा नभए पोग्बा युनाइटेडबाट ‘आउट’ !