चम्किए सलाह, इजिप्ट सेमिफाइनलमा !

एजेन्सी – एक गोलले पछि परेको स्थितिमा स्टार फरवार्ड तथा कप्तान मोमम्मद सलाहले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि इजिप्टले पूनरागमन जित निकाल्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इजिप्टले मोरोक्कोलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इजिप्टको जितमा सलाहसँगै सब्सिच्युट फरवार्ड ट्राजिग्वेटले गोल गरे । मोरोक्कोका सोफिएन बोउफलले एक गोल फर्काए ।

याओन्डेमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको सातौ मिनेटमा सोफिएन बोउफलको पेनाल्टी गोलबाट इजिप्ट पछि परेको थियो । खेलको दोस्रो मिनेटमा नै अचरफ हाकिमीमाथि एमान असराफले फउल गरेपछि रेफ्रीले झन्डै ४ मिनेटपछि भिएआरको सहायतामा मोरोक्कोलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा बोउफल चुकेनन् ।

सम्हालिन नपाउँदै पेनाल्टीमा गोल खान पुगेपनि इजिप्टले मोरोक्कोलाई दवावमा राखेपनि बराबरी गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५३औं मिनेटमा कप्तान सलाहले गोल गर्दै इजिप्टलाई खेलमा फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

१००औं मिनेटमा ट्राजिग्वेटले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफको शुरुमै ४६औं मिनेटमा एहमेद हेगाजीको स्थानमा मैदान छिरेका उनले कप्तान मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा इजिप्ट पूनरागमन जित निकाल्न सफल भयो ।

अब फाइनल प्रवेशका लागि इजिप्टले क्यामरुनसँग २ फेब्रुअरीमा खेल्नेछ । क्यामरुनले शनिबार राति गाम्वियालाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो ।

अर्काे सेममिफाइनलमा सेनेगलले इक्वेटोरियल गिनियालाई ३–१ ले पराजि तगर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सेनेगलको जितमा फामरा दिधिओउ, चेइखोउ कोउयाटे र एस्माइला सारले गोल गरे । इक्वेटोरियल गिनियाका जान्निक बुयाला सामले एक गोल फर्काए । अब सेनेगलले सेमिफाइनलमा ३ फेब्रुअरीमा बुर्किना फासोसँग खेल्नेछ ।

प्रकाशित : सोमबार, माघ १७, २०७८०९:२०

नेपालले मौरिससलाई फेरी पनि हरायो !