भगवान गणेशको हरेक पूजा गर्नु भन्दा पहिले पूजा गर्ने नियम रही आएको छ । मान्यता रहेको छ भगवान गणेशको पूजा गर्नाले जीवनको सम्पूर्ण दुख नास हुनेछ । गणेश चतुर्थीको महान पर्व अर्थात १० सेप्टेम्बरबाट शुरु भएको छ। यी दश दिनहरुमा भगवान गणेशको विधिवत पूजा गरिन्छ। यस बाहेक, भजन-कीर्तन गरिन्छ।
मानिन्छ यस दश दिनको अवधिमा भगवान गणेशको पूजा गर्नाले मनले चाहेको इच्छा पुरा हुने मान्यता रहेको छ । १२ राशि मध्ये केहि राशीलाई भगवान गणेशको प्रिय राशि मानिन्छ । आज हामि भगवान गणेशको प्रिय राशिको बारेमा बताउने छौँ ।
मेष
ज्योतिष शास्त्र अनुसार मेष राशी भगवान गणेशको मनपर्ने राशी मानिन्छ। यस राशिका मानिसहरु बुद्धिमानी र साहसी हुन्छन्। यी मानिसहरु कुशलतापूर्वक हरेक काम गर्न सक्षम छन्। गणपतिको कृपबाट यस राशिका मानिसहरु अधिकांश कार्यहरुमा सफलता प्राप्त हुन्छ। मेष भगवान गणेशलाई प्रिय छ। त्यसैले ज्योतिष शास्त्र अनुसार यस राशिका मानिसहरुले भगवान गणेशको पूजा गर्नु पर्छ।
मिथुन
ज्योतिषीहरु भन्छन् मिथुनमा भगवान गणेशको कृपा रहन्छ। यी मानिसहरु आफ्नो हरेक काम सीप, मेहनत साथ गर्छन्। यी मानिसहरु धेरै बुद्धिमान हुन्छन् । यस राशिका बिद्यार्थीहरुलाई आफ्नो क्षेत्रमा धेरै स्मार्ट मानिन्छ। मिथुन राशिका मानिसहरु दुखिहरुलाई सहयोग गर्नबाट पछि हट्दैनन्। उनीहरु प्रकृतिमा धेरै उदार छन्।
मकर
ज्योतिष शास्त्र अनुसार मकर भगवान गणेशको मनपर्ने राशि मध्ये एक हो। यस राशिका मानिसहरु धेरै मेहनती हुन्छन्। बौद्धिक हुनुको साथ-साथै उनीहरु सबै कुरामा कुशल छन्। यस राशिका अधिकांश मानिसहरु शिक्षाको क्षेत्रमा सफलता पाउँछन्। यी मानिसहरु बुद्धिमा धेरै धनी मानिन्छन्।

