डेम्बेलेले बार्सिलोनालाई दिए नराम्रो झड्का, लापोर्टा तनावमा !

एजेन्सी – बार्सिलोनाका फ्रेन्च फरवार्ड ओस्मान डेम्बेलेले अर्कै क्लबसँग सम्झौता गरिसकेको खुलासा भएको छ। डेम्बेलेले अर्कै क्लबसँग अग्रिम सम्झौता गरिसकेको खुलासा बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा आफैंले गरेका हुन्।

मंगलबार एक पत्रकार सम्मेलनका क्रममा लापोर्टाले डेम्बेलेको विषय जटिल देखिएको र त्यसले उनले अर्कै क्लबसँग सम्झौता गरिसकेका हुन् कि भन्ने शंका पैदा भएको बताए। कुनै क्लबको नाम नखुलाई आफूहरुलाई त्यस्तै संकेत दिइएको जानकारी गराए।

“हामीलाई लाग्छ कि डेम्बेलेले पहिले नै अर्को क्लबसँग सम्झौता गरिसकेका छन्। हामीले यस बारे राम्रोसँग संकेत पाइसकेका छौँ। हामी मात्र आफ्नो क्लबको रक्षा गर्न चाहन्छौं।”,लापोर्टाले भने।

त्यसक्रममा लापोर्टाले केहि क्लबहरुले डेम्बेलेलाई किन्न चासो देखाएको भएपनि डेम्बेलेको पक्षबाटै असहयोग भएको बताए। लापोर्टाका अनुसार प्रिमियर लिग क्लबहरुले डेम्बेले माथि चासो देखाएका थिए।

लापोर्टाले भने,”उनी माथि प्रिमियर लिगहरुको चासो थियो। तर आश्चर्य, उनले कुनै पनि प्रस्तावलाई स्वीकार गरेनन्। उनलाई कुनै पनि प्रस्तावमा चासो देखाएनन्। उसले सहयोग गरेको भए हामीले शान्तिसँग काम गर्न सक्थ्यौं। क्लब र उनको हितलाई राखेर अगाडी बढ्न सक्थ्यौं।”

लापोर्टाले डेम्बेलेका एजेन्टबाट पनि असहयोग भएको बताए। एजेन्टले डेम्बेले बारे धेरै जानकारी नै नदिएको लापोर्टाको भनाई छ। लापोर्टाले बताएकी बार्सिलोनाले डेम्बेलेलाई आकर्षक प्रस्ताव गरेको थियो।

“सम्झौता नवीकरणका लागि हामीले धेरै राम्रो प्रस्ताव गरेका थियौं। पहिला उनले पैसा मुख्य मुद्दा नभएको बताएपनि पछि उनले आर्थिक पक्षलाई केन्द्रमा राखे। उनका एजेन्टले पनि हामीलाई केहि खुलेर बताएनन्।”,लापोर्टाले भने।

प्रकाशित : बुधबार, माघ १९, २०७८१०:५१

मेस्सी नहुँदा पनि अर्जेन्टिनाले कोलम्वियालाई हरायो, अपराजित यात्रा कायमै !