बार्सिलोनाले डेम्बेलेलाई पिएसजी पठाएर नेयमार भित्र्याउन खोजेपछि …

एजेन्सी – फ्रेन्च फरवार्ड ओस्मान डेम्बेले क्याटलान क्लब बार्सिलोनाका लागि टाउको दुखाई बनिरहेका छन्। चोटका कारण अधिकांश समय मैदान बाहिर रहेका उनले न त सम्झौता थप गर्न मानिरहेका छन्, न त बिक्री हुन नै मानिरहेका छन्। जनवरी ट्रान्सफर विन्डोको अन्तिम दिन सम्म पनि बार्सिलोनाले उनलाई बिर्की गर्ने प्रयास गर्यों।

तर बार्सिलोनाले गरेका कुनै पनि प्रयास सफल हुन सकेन। बार्सिलोनाको प्राथमिकता डेम्बेलेको सम्झौता थप गर्नेमा थियो। बार्सिलोनाको तर्फबाट भएका आकर्षक प्रस्ताव डेम्बेलेलाई चित्त बुजेनन्। जस कारण बार्सिलोनाका सबै प्रस्ताव उनले अस्विकार गरिदिए।

सम्झौता नवीकरण नहुने देखेपछि बार्सिलोनाले डेम्बेलेलाई बिक्री गर्न जनवरीमा सक्दो प्रयास गर्यो। त्यसक्रममा चेल्सी, म्यानचेस्टर युनाइटेड र न्युक्यासल जस्ता क्लबहरुले उनलाई भित्र्याउने चाहना पनि व्यक्त गरे। तर डेम्बेलेको उच्च पारिश्रमिक माग बाधक बन्न पुग्यो।

यस बीचमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) सामू पनि डेम्बेले ट्रान्सफरको प्रस्ताव राख्यो। त्यसक्रममा बार्सिलोनाले धेरै नै अचम्म लाग्दो प्रस्ताव राखेको खबर आएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार बार्सिलोनाले डेम्बेले र नेयमार सट्टा-पट्टाको प्रस्ताव राखेको थियो।

बार्सिलोनाले डेम्बेले र नेयमार बीच सट्टा-पट्टाको अचम्म लाग्दो प्रस्ताव पिएसजी सामू राखेको बेलायती मिडिया डेली मेलले जनाएको छ। केहि रकम थप्ने र नेयमारलाई बार्सिलोनामा ल्याउने प्रस्ताव बार्सिलोनाको तर्फबाट भएको डेली मेलको दावी छ। सो प्रस्ताव पिएसजीले ठाडै अस्विकार गरेको पनि डेली मेलले आफ्नो समाचारमा उल्लेख गरेको छ।

प्रकाशित : बुधबार, माघ १९, २०७८११:३९

अवार्ड पाएपछि बेन्जेमाले भने – ‘सन् २०२१ मेरो उत्कृष्ट वर्ष थियो, धेरै राम्रो खेलें’