काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन र दोस्रो दिन घटेर तेस्रो दिन बढेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार २ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ३ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ७ सय रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी आइतबार र सोमबार सुनको मूल्य ४ सय रुपैंयाँले घट्दा मंगलबार १ सय रुपैंयाँले बढेको थियो।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको पनि मूल्य बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैंयाँमा कारोबार भैरहेको छ।

