डियाजको आगमनले लिभरपुलका यी खेलाडीको भविष्य धरापमा ! को-को ?

एजेन्सी – पूर्व लीड्स युनाइटेड स्ट्राइकर नोएल व्हेलनले फरवार्ड रोबर्टो फिरमिनो लिभरपुल छाड्ने बाटोमा रहेको दावी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा व्हेलनले फिरमिनो लिभरपुलबाट बाहिरने सम्भावना बढेर गएको बताएका हुन्।

लुइस डियाजको आगमनसँगै फिरमिनोले लिभरपुल छाड्न सक्ने सम्भावना बढेको व्हेलनले बताए। डियाजको आगमनले लिभरपुलमा फर्मिनोले शुरुवाती ११ मा स्थान पाउने सम्भावना अत्यन्त न्यून बनाएको व्हेलनको भनाई छ।

फर्मिनोले लिभरपुल छाड्ने सम्भावना रहेको दावी गर्दा व्हेलनले डिएगो जोटा बारे उल्लेख गर्न पनि छुटाएनन्। उनले भने,”फर्मिनोले लिभरपुल छाड्न सक्ने वास्तविक सम्भावना छ, छैन र ? डिएगो जोटाले पनि धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। लिभरपुलले फर्मिनो बिनाको भविष्य निर्माण गरिरहेको छ। र अहिले उनीहरुले लुइस डियाजलाई थपेका छन्। डियाज युवा छन्, साथै गुणस्तरीय पनि।”

डियाजलाई लिभरपुलले पोर्चुगिज क्लब पोर्टोबाट केहि दिन अगाडी मात्र भित्र्याएको हो। डियाजका लागि लिभरपुलले झन्डै ४९ मिलियन युरो खर्च गरेको थियो। क्लबका फरवार्डहरुको ढल्कँदै गरेको उमेरलाई ध्यानमा राखेर लिभरपुलले डियाजलाई भित्र्याएको बताइन्छ।

डियाजको आगमनसँगै लिभरपुलको आक्रमणपङ्तिमा प्रतिष्पर्धा बढेको छ। फुटबलका जानकारीहरुका अनुसार डियाजको आगमनले फर्मिनोसँग-सँगै साडियो मानेका लागि समेत प्रतिष्पर्धा बढेको छ। फर्मिनोका लागि त डिएगो जोटा नै प्रतिष्पर्धा बनिसकेका छन्। तर अब डियाजको आगमनले मानेले समेत लिभरपुलको शिर्ष ११ मा पर्न थप मिहिनेत गर्नुपर्नेछ।

प्रकाशित : बुधबार, माघ १९, २०७८१९:४९

झनै बलियो भयो लिभरपुल, अब कसले रोक्न सक्ला ?