पिएसजीमा वाक्क दिक्क भए पोचेटिनो, छिट्टै क्लब छाड्ने !

एजेन्सी – पेरिस सेन्ट-जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनो क्लब छाड्ने मनस्थितिमा पुगेका छन्। फ्रान्सबाट प्रकाशित हुने विभिन्न संचार माध्यमहरुका अनुसार पोचेटिनो क्लब छाड्ने मनस्थितिमा पुगेका हुन्।

पिएसजीमा सन्तुष्ट हुन नसकिरहेका उनी यस सिजनको अन्त्यसँगै बाहिरिने विभिन्न मिडियाहरु दावी गर्छन्। पोचेटिनो आफैंले नजिकका व्यक्तिहरुलाई पिएसजी छाड्ने बारे बताउन थालेको मिडियाहरुको दावी छ।

थोमस टुचेलले क्लब छाडेपछि पिएसजी आएका उनले पिएसजीमा एक वर्ष बिताइसकेका छन्। तर यस बीचमा उनले सन्तुष्ट हुने र क्लबमा लामो समय रहने बाटो भेट्टाउन सकेका छैनन्। पोचेटिनो पिएसजीमा दिक्क भइसकेको बताइन्छ।

पिएसजीका अधिकारीहरुसँगको सम्बन्ध

खबरमा आएअनुसार, पिएसजीमा पोचेटिनोले खुलेर निर्णयहरु लिन पाइरहेका छैनन्। खेलाडीहरुको विषयमा समेत पिएसजीका अधिकारीहरुले निर्णय गर्न थालेपनि उनी झनै दिक्क भएका छन्। एक प्रशिक्षकको रुपमा खेलाडीहरुलाई टीममा राख्ने-नराख्ने विषयमा समेत हस्ताक्षेप हुने थालेपछि उनी क्लब छाड्ने योजना बनाइरहेका छन्।

त्यस्तै क्लबका खेलकुद निर्देशक लियोनार्डोसँग पनि उनको त्यति राम्रो सम्बन्ध छैन। गएको केहि समय देखि पोचेटिनो र लियोनार्डो बीचको सम्बन्ध राम्रो नरहेको बताइन्छ। यहि कारणले गर्दा पोचेटिनोले चाहेका खेलाडीलाई पिएसजीले जनवरी ट्रान्सफर विन्डोमा भित्र्याउने प्रयास नगरेको फ्रेन्च मिडियाहरुको दावी छ।

पिएसजीको ठाउँमा को ?

पोचेटिनोले पिएसजीमा सन्तुष्ट हुन नसकिरेका बेला पिएसजी पनि पोचेटिनोको कामलाई लिएर सन्तुष्ट हुन सकिरहेको छैन। पिएसजी अहिले देखि नै पोचेटिनोको ठाउँ लिने नयाँ प्रशिक्षकको खोजिमा जुटिसकेको छ। गएको केहि समय देखि पिएसजीले जिनेदिन जिदानलाई क्लबको जिम्मेवारी सम्हाल्न आग्रह गरिरहेको छ।

प्रकाशित : बिहिबार, माघ २०, २०७८२२:११

बार्सिलोनालाई हराएको बिल्वाओले रियललाई पनि हावा ख्वायो, रियल कोपा डेल रेबाट आउट !