एन्सेलोटीले भने -‘हामी बेन्जेमालाई जोखिममा राख्दैनौं’

एजेन्सी – स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा आज लालिगा लिडर रियल म्याड्रिडले एथलेटिको बिल्वाओको सामना गर्दैछ। बिल्वाओ र रियल बीचको खेल नेपाली समय अनुसार २ बजेर १५ मिनेटमा शुरु हुनेछ।

बार्सिलोनालाई पराजित गरेर क्वाटरफाइनलमा प्रवेश गरेको एथलेटिको बिल्वाओको घरेलु मैदानमा हुने खेलमा रियलका स्टार स्ट्राइकर करिम बेन्जेमा खेल्ने कम सम्भावना देखिन्छ।

खेल अगाडी आयोजित पत्रकार सम्मेलनमा रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले बेन्जेमाको विषयमा जोखिम नलिने बताए। बिल्वाओ विरुद्धको खेलमा बेन्जेमा नहेलने संकेत एन्सेलोटीको छ।

पूर्णरुपमा फिट नरहेका बेन्जेमालाई टीमलाई लिएर जोखिम नमोल्ने एन्सेलोटीले बताए। बेन्जेमाको अवस्था बारे पूरा जानकारी लिएपछि मात्र निर्णय गरिने एन्सेलोटीको भनाई छ।

“हामीलाई [बेन्जेमाको बारेमा] अझै स्पष्टसँग थाहा छैन। उनी अहिले व्यक्तिगत काममा छन्। उनी राम्रो महसुस गरिरहेका छन्। बेन्जेमा बारे प्रशिक्षण पछि मात्र निर्णय गर्ने छौँ।”,एन्सेलोटीले भने।

मेडिकल टीमबाट आउने जानकारीका आधारमा पनि निर्णय गरिने एन्सेलोटीले बताए। उनले भने,”हामी जोखिम लिने छैनौं। चिकित्सा टोलीबाट सबै स्पष्ट जानकारी आएपछि निर्णय गरौंला।”

प्रकाशित : बिहिबार, माघ २०, २०७८१०:१०

एम्बाप्पे र रियल बीच अग्रिम सम्झौता भइसकेको खुलासा ! पारिश्रमिक कति ?