काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको दुई दिन घटेर लगातार दुई दिन बढेको सुनको मूल्य आज बिहिबार बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ७ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
यस अगाडी आइतबार र सोमबार सुनको मूल्य ४ सय रुपैंयाँले घट्दा मंगलबार १ सय रुपैंयाँले बढेको थियो। त्यस्तै बुधबार भने सुनको मूल्य तोलामा ३ सय रुपैंयाँले बढेको थियो।
चाँदीको मूल्य
सुनको मूल्य बढेपनि नेपाली बजारमा आज चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैंयाँमा कारोबार भइरहेको छ।

